बिहीबार, मंसिर २६ २०७६
काठमाडौं ०८:४३
वासिङटन डिसी 21:58

राजन भुजेलको “लैजा हावा” सार्वजनिक

अर्जुन थापा २०७६ साउन १ गते २१:५८ मा प्रकाशित

अमेरिकामा ब्यबसाय जीवन बिताइरहेका राजन भुजेलले भर्खरै चर्चित गायक सुगम पोख्रेलको सुमधुर आवाजमा लैजा हावा बोलको गीत सार्वजनिक गरेका छन |अमेरिकाको ब्यस्त जीवनमा पनि फुर्सदको समयमा कलम चलाउन रुचाउने यी सफल ब्यबसायी राजन भुजेलले लैजा हावा बोलको गीत भर्खरै सार्बजनीक गरेकाछन्।

उक्त मेलोडियस गीतमा चर्चित गायक सुगम पोखरेलको आवाज, बाबु प्रधानको संगीत संयोजन रहेकोछ भने शब्द रचना र संगीत स्वयम् राजन भुजेलकै छ।
प्रेम बिछोड र वियोगका भावनाहरु पोखिएको यस कर्णप्रीय गीतलाई धेरैनै कलात्मंकरुपले म्युजिक भिडियो डाइरेक्शन गरेकाछन् डाइरेक्टर दिलिप समनले। जति पटक हेरेपनि हेरु हेरु लाग्ने तर भिडियो हेर्दा आशु खसेको पत्तै नहुने गरि अभिनय गरेकाछन मोडल द्वय सागर थापा र अभिलाषा शर्माले।गीत हेर्न लिंकमा जानु होला |

प्रतिक्रिया