शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०३:४०
वासिङटन डिसी 17:55

अमेरिकी चार महिला जनप्रतिनिधिहरुलाई आफ्नो देश फर्क भने पश्च्यात राष्ट्रपति ट्रम्पलाई रिपब्लिकनहरुको समर्थनमा हल्का वृद्धि

इनेप्लिज २०७६ साउन १ गते १०:४५ मा प्रकाशित

अमेरिकी चार महिला जनप्रतिनिधिहरुलाई आफ्नो देश फर्क भने पश्च्यात राष्ट्रपति ट्रम्पलाई रिपब्लिकनहरुको समर्थनमा हल्का वृद्धि भएको छ । रोयटर्सले गरेको एक जनमत सर्वेक्षणमा उक्त हल्का वृद्धि भएको जनाएको छ ।

राष्ट्रिय सर्वेक्षण गत सोमबार देखि मंगलबार सम्म गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा रिपब्लिकनले गरेको मतमा ५ प्रतिसतले वृद्धि भएको जनाएको छ ।

यसै गरि अर्को पटकको निर्वाचनमा उनि पुन निर्वाचित हुन्छन भन्ने मतमा डेमोक्रेटिक र स्वतन्त्रहरुले समर्थन नगर्ने भनेका छन् । यसै गरि स्वतन्त्र मध्ये मै १० मध्येमा ३ ले ट्रम्पलाई समर्थन गर्ने जनाएका छन् भने डेमोक्रेटिकहरुमा २ प्रतिसतले घटेको छ ।

तथापी उनको औसत समर्थन भने गत हप्ताको भन्दा कुनै परिवर्तन भएको छैन । नया सर्वेक्षण अनुसार अमेरिकन जनताले उनको कार्यलाई ४० प्रतिसतले समर्थन जनाएका छन् भने ५५ प्रतिसतले अस्विकार गरेका छन् ।

गत मंगलबार अमेरिकी तल्लो सदनमा उनले जातियता सम्बन्धि सामाजिक संजालमा लेखेको कारण उनलाई प्रतीकात्मक प्रस्ताव पारित गरेता पनि कट्टर रिपब्लिकनहरु भने ट्रम्प लाई समर्थन जनाई रहेका छन् ।

प्रतिक्रिया