सोमबार, भदौ २ २०७६
काठमाडौं ०७:५९
वासिङटन डिसी 22:14

अमेरिकामा सांसद निरा जैरु र जर्सी सिटी परिषद सभापति रोलान्डो लाभारो बिच विशेष भेट

इनेप्लिज २०७६ साउन १ गते १०:१२ मा प्रकाशित

जर्सी सिटी- अमेरिकाको भ्रमणमा रहनु भएकी माननीय सांसद तथा नेपालको संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितीको सभापति निरा देवि जैरु र जर्सी सिटी परिषद सभापति रोलान्डो लाभारो बिच विशेष भेट भएकोछ। सो भेटमा जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी समानुपातिक र विविधता समिति सल्लाहकार डा. विष्णुमाया परियार(मानार्थ विद्यावारिधि ) को पनि उपस्थिति थियो।

भेटमा सांसद निरा देवि जैरुले जर्सी सिटीले नेपालीहरूको लागि टिपिएस सुविधाको लागि प्रस्ताव पारित गरेकोमा, सिटी हलमा नेपालको झण्डा फहराएकोमा र जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी (भगिनी सम्बन्ध )बनाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने नेपाल भ्रमणमा आउन काउन्सिल अध्यक्ष लाभारोलाई निम्ता दिनुभएको थियो।

सांसद जैरु, काउन्सिल प्रेसिडेण्ट लाभारो र सिस्टर सिटी ईमिसरी (विशेष दूत) डा. परियार बिच नेपाल र अमेरिकाका दुई भगिनी शहरहरूको सम्बन्धलाई अझ प्रगाढ बनाउन थप योजनाहरू बनाउने विषयमा छलफल भएको थियो भने काउन्सिल अध्यक्ष लाभारोले आफू नेपाल भ्रमण गर्न आकाँक्षित रहेको जनाएका थिए।

सांसद जैरुले जर्सी सिटी काउन्सिल सदस्य मिरा प्रिन्ज आरे र डाईभर्सिटी र ईन्क्लुसन वोर्ड चिफ अफिसर सोराया हेब्रोनसंग पनि भेट गर्नु भएको छ।

जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यसै वर्ष सन् २०१९ को जनवरी २४ तारिख अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी (भगिनी सम्बन्ध )बनाउने सफलता मिलेको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन उनकै पहल र काउन्सिल प्रेसिडेण्ट रोलान्डो लाभारोको अगुवाईमा जर्सी सिटी परिषदद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो।अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

त्यसैगरी, डा. परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी परिषद बीच अस्थायी सुरक्षित दर्जा ( टिपिएस)पारित गराउन सफल हुनुभएको थियो ।

महिला अधिकारकर्मी परियारले सन् २०१७ को जुन ३० तारिख नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकि भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन सफल हुनुभएको थियो ।

प्रतिक्रिया