धादिङ, १ साउन । कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने मदन परियारलाई १७ वर्षपछि गत सोमबार प्रहरीले पक्राउ गरेको हो ।
२०५९ बैशाख ८ गते साबिक आगिन्चोक गाविस-६ स्थित विवाहमा गएका गोरखा साबिक कान्द्राङ गाविस-१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो ।
त्यसपश्चात फरार रहेका मदनलाई खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-१७ ढल्कुमा उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतिका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया