बिहीबार, मंसिर २६ २०७६
काठमाडौं ०८:५०
वासिङटन डिसी 22:05

कनेक्टिकट नेपाली समाज अमेरिकाले पहिलो पटक २०६ औं भानु जयन्ती मनायो

इनेप्लिज २०७६ असार ३१ गते २३:३५ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यमा २०६ औं आदिकवि भानुभक्त जन्म जयन्ति एक भव्य समारोहको साथमा सम्पन्न भएको छ । कनेक्टिकट नेपाली समाजका अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा कविहरु यज्ञ पौड्याल, महेन्द्र श्रेष्ठ, कुलदिप अधिकारी, शिव न्यौपाने, कृष्ण कडेल, विष्णु तिवारी, अर्जुन दाहाल, प्रकाश भद्वाराई, केशव दाहाल, लक्ष्मी बजगाई, बसन्ता न्यौपाने, अशोक श्रीवास्तव र धन लामा लगायत कवि तथा कवयत्रीहरूले आफ्नो काव्यरचनाहरु प्रस्तुत गर्नु भएको थियो ।

कनेक्टिकट राज्यमा नेपालीहरुको बाक्लो बस्ती रहेको हार्ट्फोर्ड शहरलाई केन्द्रमा राखी आयोजना गरिएको सो कार्यक्रममा धन लामाको शब्द रचनामा रहेको “भानु तिम्रो रामायणले मैले राम जानें” शिर्षकको गीति कवितालाई केशव शर्मा दाहालले आफ्नो संगीत र स्वरमा प्रस्तुत गर्नु हुँदा कार्यक्रममा सहभागी दर्शक तथा श्रोताहरू मन्त्रमुग्ध भएका थिए ।

केही  कविहरुले भानुको बारेमा कविता पस्किनु भयो भने केहीले ब्यङ्ग , केहीले लयात्मक कविता , केहिले भानु कै कवितालाई वाचन गर्नु भएको थियो ।

प्रौढ तथा बालवालिकाहरु गरी करिव ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन र समन्वयको जिम्मेवारी कवि तथा गीतकार धन लामाले लिनुभएको थियो र भानुभक्तको जीवनी माथि कवि शिव न्यौपानेले प्रकाश पार्नु भएको सो कार्यक्रमको सन्चालन कनेक्टिकट नेपाली समाजका सचिव भद्र राई र स्वागत मन्तव्य कवि वसन्त न्यौपानेले गर्नु भएको थियो ।

कार्तक्रमको अन्तमा संस्थाका अध्यक्षले यस्ता साहित्यिक कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा जानकारी गराउँदा सहभागी कविहरु लाई प्रसंसा पत्र बितरण गर्नु भएको थियो ।

प्रतिक्रिया