तारा प्रकाश लिम्बुको संगीतमा ‘ कस्ले गर्दा ‘ सार्वजनिक ( भिडियो)

इनेप्लिज २०७६ असार ३१ गते २२:३५ मा प्रकाशित

पाँचथर जिल्लामा जन्मिएका गायक जोन तुम्बापोलाई सानै देखी गीत संगीतमा रुची थियो | बिभिन्न प्रत्योगितामा सहभागी भएर उनी पुरुस्कार समेत जित्ने गर्थे | जोन आफुलाई गायक राजेश पायल राईको फ्यान भएको बताउछन| गायक बनेर नाम सम्मान कमाउने सोच राखेका जोनले आफ्नो पहिलो प्रयासका रुपमा ‘ कस्ले गर्दा ‘ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन |

यस गीतमा स्वर जोन तुम्बापो र स्वस्तिका प्रधानको रहेको छ | गीतमा संगीत भर्ने काम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको गरेका हुन | गीतको शब्द राम लावतीले लेखेका हुन| गीतको म्युजिक एरेण्ज्मेन्ट नरेश श्रेष्ठले गरेका हुन |

डान्सिङ भर्सनको म्युजिक भिडियोमा अतिश जैरु र रुपा घिसिङको अभिनय रहेको भने दिवस गिरीको कोरियोग्राफी रहेको छ | बिकाश धमलाले भिडियो सम्पादन गरेका हुन | भुपेन्द्र तुम्बाहाम्फेले खीचेको गीतको भिडियोलाई स्वयम उनैले निर्देशन समेत गरेका हुन | गीतको म्युजिक भिडियोले डिजिटल बजारमा राम्रो प्रतिकिया प्राप्त गरिरहेको छ |

प्रतिक्रिया