२०६औं भानुजयन्ति न्यूयोर्कमा सम्पन्न ।

इनेप्लिज २०७६ असार ३१ गते २१:३७ मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्युयोर्क च्याप्टरको आयोजनामा २०६ औ भानुजयन्ति विविध कार्यक्रमहरूका साथ गत जुलाई १४ मा ज्याक्सन हाइट्स न्युयोर्कको थकाली रेष्टुरेन्टमा सौहार्दपूर्ण साहित्यिक माहोलको बिच सम्पन्न भएको थियो ।

अ ने सा स पुर्व केन्द्र अध्यक्ष तथा हाल बोर्ड अफ ट्रष्टीका अध्यक्ष- साहित्यकार गीता खत्री प्रमूख आतिथि रहनु भएको उक्त कार्यक्रमको सभापतित्व न्युयोर्क च्यापटरका अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो।

प्रमुख अतिथि द्वारा दियो प्रज्वलनका साथ सुरु गरिएको उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको फोटोमा उपस्थित सबैले पुष्प अर्पण गरेर नेपाली साहित्यमा भानु भक्तले छाडेको अतुलनिय योगदानको स्मरण गरिएका थियो र साहित्यकार तथा अनेसास न्युयोर्क च्याप्टरका उपाध्यक्ष्य शकुन ज्ञवालीले स्वागत मन्तब्य राख्नु भएको थियो भने प्राध्यापक डा. गोबिन्द कोइरालाले भानुभक्तका कृतिहरु तथा नेपाली साहित्यमा पुर्याएको योगदान माथि चर्चा गर्दै आफ्नो भानु सम्बन्धि रचना वाचन गर्नु भएको थियो।

त्यस पस्चात बिशेष अतिथिहरू, च्याप्टरका पुर्व अध्यक्ष साहित्यकार पुनम काफ्ले, च्याप्टरका पुर्व अध्यक्ष तथा हाल केन्द्रका कोषाध्यक्ष साहित्यकार बिकाश बिष्ट, अनेसास पुर्व केन्द्र उपाध्यक्ष्य राम खत्री, एन आर एन एन सि सि का सदस्य बन्दना कोइराला आदिका साथै, उपस्थित अतिथिहरू, आजीवन सदस्य एवं कवि रश्मि भट्ट,साहित्यकार लक्ष्मी श्रेष्ठ , बिजया सिंखडा, नवराज खड्का, शोभा सिवाकोटी, निर्मल आचार्य, डा, शोभाकर आदिले आआफ्ना कविता वाचन गर्नु भएको थियो तथा गायक, कलाकार अभय ढुङ्गेल, सिर्जना लामा, संगिता ऊप्रेति, शकुन ज्ञवाली,सान्ता अधिकारी, शोभा सिवाकोटी आदिले गितहरु प्रस्तुत गर्नु भयको थियो । च्याप्टरका सचिव, राजन महर्जनले कार्यक्रम चलाउदै आफ्नो, रचना-गजल प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष बेदा खरेलले अङ्ग्रेजी गित गाउनु भयको थियो ।

कार्यक्रमको मध्यान्न तिर बाल कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो ।कार्यक्रममा सहभागी बाल कविता प्रतियोगिताका निर्णायकमा साहित्यकार पुनम काफ्ले, रश्मि भट्ट र राम खत्री ज्युहरु रहनु भएको थियो। प्रतियोगितामा हिमांशु ब्रह्म तृतीय, स्प्रेहा प्रधानाङ्ग द्वितीय तथा पुर्णिमा जिसी प्रथम हुन सफल हुनु भएको थियो र  बिजयी प्रतियोगी हरुलाई पुरस्कार तथा कदर पत्र वितरण प्रमुख अतिथि तथा सभापतिले गर्नु भएको थियो। प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कारको प्रायोजक : पुनम काफ्ले, बिकाश बिष्ट र शकुन ज्ञवाली ले गर्नु भएको थियो।

कार्यक्रम को अन्त्य तिर नेपालबाट आउनुभएका अतिथि हरु शोभाखर पराजुली र बाबुकृष्ण सापकोटा ले विदेशमा बसेर पनि नेपाली भाषा साहित्यको लागि योगदान पुरयाउने अनेसास न्युयोर्क प्रति आभार र शुभकामना मन्तब्य ब्यक्त भएको थियो।

राजन महर्जनले संचालन गर्नु भएको कार्यक्रमलाई अन्तमा, सभाका सभापति ले उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्दै आफ्नो रचना वाचन गरेर कार्यक्रमको समापन गर्नुभएको थियो र कार्यक्रम समापन पश्चात जलपान को आयोजना गरिएको थियो।

प्रतिक्रिया