विश्व नेपाली साहित्य महासङ्घले भव्यताका साथ २०६ औं भानु जयन्ति मनायो

इनेप्लिज २०७६ असार ३१ गते १०:४६ मा प्रकाशित

विश्व नेपाली साहित्य महासङ्घले भव्यताकासाथ २०६ औं भानु जयन्ति मनाएको छ । विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रिय समितिका पदाधिकारीहरुले भानुजयन्तिकै अवसरमा पद तथा गोपनीयताको पनि सपथ ग्रहन सु -सम्पन्न भयो ।कार्यक्रममा २२ जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम महासचिव सङ्केतले संचालन गरेका थिए ।

निर्वाचन समितिका संयोजक कृष्णप्रकाश श्रेष्ठले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । सफत पश्चात, कार्यक्रममा आधा दर्जन भन्दा बढी कविता, मुक्तक तथा गजल वाचन गरिएको थियो ।

जस मध्य क्रमश:१, हिम नदी- मोहनअराज खनाल २, आँखा – डा मधु माधुर्य (क्वान्टम कविता) ३, फूल – खगेन्द्र अधिकारी ४, भानुभक्त भर्सेस अल्गोरिदम-सुरेन्द्र परदेशी लिम्बु ५, पृर्य भानु – सुनिता राई कन्दवा छ, छन्दकविता, गजल – सावित्रा लुइँटेल घिमिरे 7, गजल – कल्पना पौडेल ८, आगोको रेखांकन- राहुल राई ९, आधी बाँकी – डा मनुमुर्ती भुर्तेल १०, भानुको ज्योती – कृष्णप्रकाश श्रेष्ठ

सन् २०१९ देखि २०२२ सम्मका लागि यही असार २५ गते घोषणा भएको नयाँ कार्यसमिति सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा चयन भएको थियो ।

समितिको भानु जयन्ती २०६७ संरक्षक रहेको यस समितिको वरिष्ठ उपाध्यक्षमा:डा लेखनाथ काफ्ले (ताईवान), उपाध्यक्ष डेन्जोम साम्पाङ (अमेरिका,) सावित्रा लुइँटेल घिमिरे (इजरायल) महासचिव: केदार संकेत (बेलायत/अफगानिस्तान),सचिव : सुनिता राई कन्दङ्वा (इजरायल),आर्थिक सचिव: खगेन्द्र अधिकारी ‘अमृत’ (नेपाल), संगठन सचिव: हरि सिवाकोटी (क्यानडा), साहित्य संचार संयोजक : रमेश कँडेल (नेपाल) रहनु भएको छ ।

यसैगरि केन्द्रिय सदस्यहरुमा :विजय हितान मगर (युके), राहुल राई बोगिको (मणिपुर), लक्ष्मण न्यौपाने (म्यान्मा), आर. एल. श्रमजीवी (बेल्जियम), मोहनराज खनाल (म्यान्मा), कल्पना पौडेल (नेपाल), दिलिप राई सगर (मलेसिया), अमित चाम्लिङ (कुवेत), बगाले क्षेत्री (साउदी), के बी पौडेल (नेपाल),
नवराज पोख्रेल (रोमानिया), ममता तामाङ (भुटानरअमेरिका) र भुवन रोका (जापान) रहनु भएको छ ।

साथै विश्व नेपाली साहित्य महासंघले भानु जयन्तीकै अवसरमा डा. मनमूर्ती भुर्तेल रसियालाई केन्द्रिय समितिको सदस्यमा मनोनीत गरेको छ ।

सल्लाहकारहरुमा:कृष्णप्रकाश श्रेष्ठ (रसिया), प्रा.डा. भीम खतिवडा (नेपाल), प्रा. डा. कविता लामा (भारत), डा. मधु माधुर्य (अमेरिका), विश्वासदीप तिगेला (बु्रनाई) र सागर श्रेष्ठ (नेपाल) चयन हुनु भएको छ ।

सफत पश्चात संस्थाका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेले संस्था स्थापना भएको १० वर्ष लागेको बताउँदै अब संस्थालाई विकास तर्फ अगाडि बढाउने बेला भएको बताउनु भयो । निर्वाचन समितिको संयोजकको तर्फबाट श्रेष्ठले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष परदेशीले विधान संसोधन गर्नु पर्ने, संस्थाका पुराना शाखाहरुलाई अझै सक्रिय बनाउँदै लैजाने र नयाँ शाखाहरु समेत विस्तार गर्ने बताउनु भयो ।

प्रतिक्रिया