आज आफ्नै कुरा -सुबास ढकाल

इनेप्लिज २०७६ असार ३१ गते ०:२४ मा प्रकाशित

आज फेसबुकमा कसैले पोस्ट गरेको सारै राम्रो प्रसंग उल्लेख गर्छु अनि त्यसपछि केहि आफ्ना कुराहरु राख्ने जमर्को गर्दैछु। कृपया पढेर कस्तो लाग्यो, भनिदिनु होला है ।

प्रसिद्ध भारतीय उद्योगपति जे.आर.डि टाटाका एकजाना साथि लेख्ने कलम हराउथे रे, त्यही भएर उनि सस्तो कलमहरु प्रयोग गर्थे । एकदिन टाटाले उनलाई महँगो कलम प्रयोग गर्ने सल्लाह दिए । साथीले त्यसै गरे अनि कलम कहिले पनि हराएनन । त्यो मुल्यवान कलम प्रयोग गर्ना साथ स्वत: सम्हालेर राख्न बनि बस्यो रे ।

वस्तु अमुल्य छ भने हामी त्यसै गरि रहेका हुन्छौ । लुगा-कपडा, गर-गहाना देखि लिएर सबै खाले मुल्यवान वस्तुहरु उपभोग गर्दा सतर्कताका साथ गर्छौं । तर नाता-सम्बन्ध जस्तो अमुल्य मानविय पक्ष अनि सामाजिक मूल्य प्रति किन सतर्क हुदैनौ ? सोच्नु पर्ने कुरा होइन र ? मानविय संबेदनशीलता त भौतिक वस्तु भन्दा कति हो कति मुल्यवान छ, अमुल्य छ ।त्यसको उपयोगमा चैं किन सतर्कता नअपाउने होला ।

हामी सामाजिक प्राणी हौँ । पारिवारिक, मित्रता एवं जरुरतका नाता-सम्बन्धहरुले हामी जेलिएका हुन्छौ । सबैसंग अलग रहेर एक्लो भएर हामी बस्न सक्दैनौ ।प्रत्येक सम्बन्धहरुको आफ्नो-आफ्नो उपयोगिता हुन्छ, महत्व हुन्छ ।त्यसैले हरेक सम्बन्ध मुल्यवान छन् । यसको कदर गरौँ । कसैले सहयोग गरेको छ पर्दा साथ देको छ भने मनभित्र देखि स्वागत गरौँ, उसलाई पनि सहयोग गरौँ, साथ दिउँ ।

नराम्रो बोलि-वचन अनि निम्न व्यवहारले सम्बन्ध सस्तो हुन्छ भने राम्रो बोलि-वचन एवं उच्च व्यवहारले सम्बन्ध मुल्यवान हुन्छ । आउनुहोस हामी पनि सम्बन्धको मूल्यलाई चिनेर आगाडी बढौ । सबैको कल्याण होस् ।

प्रतिक्रिया