मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०१:४६
वासिङटन डिसी 16:01

एसाईलममा अंकुश लगाउदै ट्रम्प

बाटो (ट्रन्जिट) को देशले शरण नदिएमात्र अमेरिकामा एसाईलम गर्न पाउने

यादवराज जोशी २०७६ असार ३० गते १६:३९ मा प्रकाशित

यादवराज जोशी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाईलममा अंकुश लगाउने नीति ल्याएका छन् । ट्रम्प प्रशासनले मंगलबार दक्षिण अमेरिकाबाट आएर एसाईलम आवेदन गर्नेको संख्या कटौती गर्ने नीति प्रकासित गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले जनाएका छन् ।

यो नीतिले अन्य देश हुदै अमेरिका प्रवेश गर्नेलाई एसाईलम आवेदन गर्ने अवशर दिने छैन । दक्षिण अमेरिकी राष्ट्र एल साल्भाडोर, कोलम्बियालगायतबाट मेक्सिको हुदै अमेरिका पस्नेले ट्रजिटको देशमा किन एसाईलम नगरेको भन्दै एसाईलम आवेदन अस्विकृत गरिनेछ । यसको असर मेक्सिको (तल्लो बाटो) हुदै अमेरिका छिर्ने सबैमा पर्नेछ ।

अमेरिकी ईमिग्रेसन अदालतमा एसाईलमको लामो लाम छ । करिव दशलाख एसाईलम मुद्दा थाँति (पेण्डिड.) मा रहेका छन् । यि मुद्दामा छिनोफानो बर्षौ लागन्े गरेको छ । दक्षिण अमेरिकीहरुको एसाईलम मुद्दामा २० प्रतिसतले एसाईलम पाउने गरेका छन् । यसले उनीहरुको मुद्दामा सत्यता निकै कम हुने गरेको ट्रम्प प्रशासनको दावी छ ।

मेक्सिकोसंगको सिमाबाट सन् २०१९ को ६ महिनामा दशलाखभन्दा बढी समातिएका छन् । सिमाबाट अवैधानिकरुपमा प्रवेश गर्नेको संख्या हालका दिनमा निकै बढेको छ । गत जुनमा एकलाख चारहजार तीनसय ३४ जना सिमा पार गर्नेक्रममा समातिएका थिए । यो संख्या सन् २००२ को मार्चमा दुईलाख २० हजार ६३ थियो भने सन् २०१६ मा ५० हजारको हाराहारीमा थियो ।

नयाँ नीतिले ईमिग्रेसन अधिकारी र न्यायधिसलाई एसईलम अस्विकृत गर्ने धेरै अधिकार दिनेछ । ह्वाईट हाउसका अधिकारीले एसाईलममा गरिने परिवर्तनका बारेमा कांग्रेसका अधिकारीलाई सोमबार बिहान अनुशिक्षण दिएका छन् ।

अब बाटोमा पर्ने देशले शरणार्थी (रेफ्युजी) को दर्जा दिन अस्वीकार गरेको प्रमाण पेस गर्नेको मात्र एसाईलम आवेदन स्वीकृत गरिने छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक निर्देशक केभिन म्याकएलेनले नयाँ नीतिले अमेरिकी एसाईलमको चाप घटाउने बताएका छन् । मानव तस्कर, आर्थिक फाईदाको अमेरिका आउन चाहनेको बाटो यसले बन्द गर्ने उनले बताए ।

यसैबीच, राट्रपति ट्म्पको नयाँ नीति अमेरिकाको नागरिता सम्वन्धि कानुन र अन्तराष्ट्रिय कानुन विपरित भएकोले यसविरुद्ध अदालत जाने अधिकारवादी संस्था अमेरिकन सिभिल लिवर्टी युनियनले जनाएको छ । “ट्रम्प प्रशासन एसाईलम अन्य गर्न उद्दत छ, यस विरुद्ध हामी अदालत जान्छौ,” संस्थाका वकिल लि गेर्लेन्टले भने ।

स्रोतः दि वासिड.टन पोस्ट र एजेन्सीहरु
तस्वीरः गुगल खोज

प्रतिक्रिया