सोमबार, भदौ २ २०७६
काठमाडौं ०७:४०
वासिङटन डिसी 21:55

अमेरिकामा हेम्जाली हरूको वार्षिक सम्मेलन तथा वृहत वनभोज कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ असार ३० गते १०:४९ मा प्रकाशित

सुमन वास्तोला न्यूयोर्क

हेम्जा जन्मथलो भएका र अमेरिका कर्मथलो भएका हेम्जाली नेपाली दिदीवहिनी तथा दाजुभाई हरूको वार्षिक सम्मेलन तथा वृहत समर पिकनिक कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकामा रहेका हेम्जाली हरूलाई खोजी गर्दै एकता वद्व गरी संगठित गर्ने,आगामी पुस्तालाई एक आपसमा परिचित गराई आफ्नो जन्मस्थलको विविध गतिविधिमा सहयोग पुर्याउने उद्वेस्यले निरज वहादुर सापकोटाको अध्यक्षतामा गत वर्ष गठित समितिले अमेरिकाको कानुन अनुसार दर्ता भै हेम्जा वेलफेयर समाजको रूपमा विविध सामाजिक गतिविधिमा संलग्न हुदै आएको छ,सोही अनुसार वृहत रक्तदान,समुदायमा सरसफाई,हेमजाका विभिन्न महोत्सव तथा सामाजिक,शैक्षिक,खेलकुद एवं उपचार कार्यमा विभिन्न माध्ययम द्वारा सहयोग पुर्याउदै आएको छ ।

विश्वको व्यापारिक राजधानी अमेरिकाको न्यूयोर्कको लंगआईलेण्ड स्थित आईजेन पार्कमा आज सम्पन्न वृहत भेटघाट तथा समर पिकनिक कार्यक्रममा हेमजाको समग्र विकासमा योगदान पूर्याए वापत अमेरिकामा वस्ने हेम्जाका नेपालीहरूको तर्फवाट पारिवारिक भ्रमणँमा हाल अमेरिका आउनु भएका पूर्व गाविस अध्यक्ष्य  रामचन्द्र त्रिपाठीलाई हार्दिक अभिनन्दन गरियो ।

त्यस्तै संस्थाको विकास उन्नति र संस्थालाई सामाजिकी करणको लागि प्रेरणाॅ दिॅदै सहयोग गर्दै आउनु भएका न्यूयोर्क निवासी विश्वरक्तदाता अर्जुन मैनाली (World blood Donner वहाॅले विश्वका १६ भन्दा वढी मुलुकमा पुगेर रक्तदानको लागि उत्पेरणा गर्दै आउनु भएको छ भने स्वयं आफैले १७० पटक रक्तदान गरिसक्नु भएको छ) लाई संस्थाको तर्फवाट सम्मान गरिएको थियो,वहाॅलाई संस्थाको तर्फवाट नेपाली काॅग्रेसका यूवा नेता,केन्द्रिय सदस्य गोविन्द भट्टराई,रामचन्द्र त्रिपाठी एवं संस्थाका अध्यक्ष निरज वहादुर सापकोटाले सम्मान गर्नु भएको थियो ।

संस्थाका सचिव अनिल कुमार अधिकारीले संचालन गर्दै वार्षिक प्रतिवेदन गर्नु भएको र निरज सापकोटाको  सभापतित्वमा सम्पन्न उक्त क्रममा मन्तव्य दिने वक्ताहरूले आफ्नो जन्मस्थलो को पहिचानको लागि हेम्जा वासी संगठित भएकोमा प्रसन्नता ब्यक्त गर्दै सवै नेपाली समुदाय सँग एकता र सहकार्य गर्दै मातृभूमीको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नु भएको थियो ।

नेपाली काॅग्रेसका यूवा नेता केन्द्रिय सदस्य गोविन्द भट्टराई,नेता रामचन्द्र त्रिपाठी,वुद्विजिवी यादव वाँस्तोला,संस्थाका संस्थापक सल्लाहकार विश्वराज वाँस्तोला ,टेकवहादुर कुॅवर,एन आरएन अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी,लंगआइलेण्ड नेपाली समाजका अध्यक्ष टिकाराज ढकाल, रिजवुड नेपलिज सोसाईटी न्यूयोर्कका उपसभापती भूवनेश्वर अधिकारी,पत्रकार अनिल अधिकारी,पिकनिक कोर्डिनेटर अभिनय अधिकारी लगाएत समाजका विविध व्यक्तित्व हरूले सुभकामना मन्तव्य राख्नु भएको उक्तकार्यक्रमा डिजे नाचगान,लोकगित,भजनकृतन गरि मनोरन्जन गरिएको थियो ।

कार्यक्रममा सहभागि हुन कनेटिकट,न्यूजर्सी,भर्जिनिया ,मेरिलेण्ड,मिचिगन ,हवाई लगाएत विभिन्न राज्यमा वसोवास गर्ने र त्यहाॅवाट सहभागि हुन आउनु भएका हेम्जाली हरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

प्रतिक्रिया