काठमाडाैँ, ३० असार । जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर एक लाख ८० हजार घुससहित समातिएका छन् ।
सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सोमबार घुससहित पक्राउ गरेको हो ।
यादवले षडानन्द नगरपालिका-१३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको फन्दामा परेका हुन् ।
अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालले अनुसार सेवाग्राहीबाट लिइसकेको एक लाख ८० हजार रुपैयाँ घुससहित यादवलाई भोजपुर नगरपालिका-७ स्थित फुपू भदैनी होटलबाट रङ्गेहात पक्राउ गरी अनुसन्धान थालिएको जनाएका छन् ।
प्रतिक्रिया