आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:०५
वासिङटन डिसी 08:20

नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्म जयन्ती सम्पन्न

इनेप्लिज २०७६ असार ३० गते २:१६ मा प्रकाशित

सेन्ट लुइस मिजौरी, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्म जयन्तीको अवसरमा सेन्ट लुइसमा भब्य साहित्यिक कार्यक्रममा साथ भानु -जयन्ती सम्पन्न भई मनाइएको छ।

उक्त कार्यक्रममा  अध्यक्षता मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएकोथियो भने कार्यक्रमको सन्चालन च्यापटरको सचिव सदन पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा आदीकवी भानुभक्त आचार्यको तस्बीरमा माल्यार्पण  दीप ज्योति प्रज्वोलन  र राष्ट्रीय गानबाट सुरूवात भएको थियो।

उक्त कार्यक्रममा सहभागी स्रष्टाहरुद्वारा आफ्ना भानुभक्त सम्बन्धी रचना वाचन  कवि डा. बद्रि अधिकारी , च्यापटरका सलाहकार कबी बलराम पन्थी र मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले छुटाछुट्टै आदीकवी भानुभक्त आचार्यको जीवनी उहाको नेपाली भाषामाथीको योगदान  र उहालाई सबैले सम्झी उहाको  कृतीहरूको प्रकाशन गर्नूपर्ने आवस्यकता बारे बताउनुभयो।

त्यसैगरी, उक्त कार्यक्रममा रामायण सम्बन्धी लघु नाटक देखाएर आदिकवि भानुभक्तलाई पुन सम्झिएको थियो।

उक्त कार्यक्रममा  स्वागत गर्दै मिजौरी च्यापटरकी अध्यक्ष कवियत्री उर्मिला निर्दोषीले आदीकवी भानुभक्त आचार्यको आभा स्वदेशमा मात्र नभएर भारतको  विभिन्न ठाउहरुमा पनि भएको उहाको घासीबाट प्राप्त बीलक्षणता हामी सबले मनन गर्न र गर्व गर्न लायक़ छ भन्नु हुदै सभा बिसर्जन पछी अध्यक्ष उर्मिला निर्दोषीले सहभागी सबैलाई जलपान समारोहमा सामेल हुन अनुरोध गर्नुभयो।

प्रतिक्रिया