शनिबार, असोज ३० २०७८
काठमाडौं २२:४७
वासिङटन डिसी 13:02

अमेरिका नेपाल सोसाइटीको बनभोज सम्पन्न,समिति अर्को कार्यकाल काम गर्न ईच्छुक

विजय थापा २०७६ असार ३० गते ०:३९ मा प्रकाशित

डिसी। उत्तर अमेरिका कै नेपाली समुदायको सवैभन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज)को बार्षिक बनभोज बिगत बर्ष झैँ सम्पन्न भएको छ । यस बर्षको बनभोजमा आजीवन सदस्य तथा पूर्व पदाधिकारीहरुलाई बिशेष समेटिदै आयोजना गरिएको बनभोजमा केही बिशेष सल्लाह लिने उद्धेश्यले आयोजना गरिएको जनाएका थिए ।

साथै संस्थाले झन्डै २ बर्ष को अवधिमा गरेका बिशेष कार्यक्रमहरुका बारेमा चर्चा गरेका थिए । औपचारिक कार्यक्रमलाई ज्यादा प्राथमिकता नदिने संस्थाले यस पटक पूर्व अध्यक्ष,पूर्व पदाधिकारी तथा संचार कर्मीहरु संग कसरी संस्थालाई राम्रो बनाउन सकिन्छ ,आगामी दिनमा कस्ता कार्यक्रम ल्याउन सकिन्छ,आजीवन सदस्यलाई के के फाइदा लिन सक्छन ? वर्तमान समिति अर्को कार्यकालको लागि पनि काम गर्न इच्छुक र निरन्तरता दिन चाहना रहेको छ भनि सुझाव मागेका थिए ।

अध्यक्ष प्रभा भट्टराई देउजाले कार्यप्रगतिका कुराहरु चर्चा गर्दै हेरिटेज नेपाल फेस्टिवल ,युवाहरुलाई संलग्नता र परिचालन ,अमेरिकी संघीय सरकारसंग समुदायको हितमा लिइएको सुबिधा र लिन सकिने फाईदाको बारेमा चर्चा गरेकी थिइन् । आफूले अघि सारेको कार्यक्रम र योजना राम्रो संग संचालन भै रहेको अवस्थाको कारण अर्को कार्यकालको लागि काम गर्न ईच्छुक समेत भएकोले सुझाव मागेकी थिइन् । उनले अमेरिकन बिदेशी नागरिकलाई कसरी संस्थामा संलग्न गराउन सकिएला भन्ने समेत सुझावको अपेक्षा गरेको बताईन ।

यसै गरि महा सचिव सुदिप पोखरेल र द्वितिय उपाध्यक्ष कृष्ण अधिकारीले संस्थाले गरेका उल्लेख्य कार्यहरुको प्रकाश पार्दै अर्को पदावधीको लागि निरन्तरता दिन चाहेको बताएका थिए । र दुवैले सुझाव र सल्लाह मागेका थिए । साथै अमेरिका नेपाल सोसाईटीले सदैव मनाई रहेको दशैँ तिहार मेला कार्यक्रमलाई निरन्तरता समेत दिने भएको छ ।

पूर्व अध्यक्ष राम मालाकारले वर्तमान समितिले अर्को कार्यकालको लागि ईच्छा राखेकोमा शुभकामना सहित संस्थामा अमेरिकनहरुले स्थापना गरेको अमेरिका नेपाल सोसाईटीमा हाल एक जना पनि अमेरिकन नागरिक समितिमा नहुनु दुखको कुरा बताएका थिए । उक्त कुरा राख्नु अगाडी संस्थाको बारेमा समितिमा अमेरिकन नागरिकहरु धेरैको संलग्नता हुने बताउदै यस तर्फ ध्यान दिन जरुरी भएको समितिलाई आग्रह गरेका थिए ।

यसै गरि संचारकर्मी राम चन्द्र खरेलले पहिले पनि यो संस्थामा धेरै राम्रा काम भएका थिए भन्दै यो समितिले अर्को कार्यकालको लागि इच्छा जाहेर गरेको छ भने शुभकामना दिएका थिए । यसै गरि संचारकर्मी तथा अमेरिका नेपाल सोसाईटीक पूर्व महासचिव विजय थापाले वर्तमान समितिले गरेको क्रियाकलाप निकै आकर्षण रहेको बताएका थिए । उनले वर्तमान समितिले अर्को कार्यकालको लागि निरन्तरता दिने इच्छा गरेको धेरै राम्रो भन्दै तर बिधान अनुसार चुनावको घोषणा गरि आजीवन सदस्य तथा साधारण सदस्यलाई उत्प्रेरणा गर्नु पर्ने बताएका थिए ।

साथै संचारकर्मी परशुराम भण्डारीले आर्थिक रुपमा सबै कुरा पारदर्शी हुनु पर्ने ध्यानाकर्षण गराएका थिए ।

बनभोजमा आफैले बनाएर ल्याएका सामाग्रीहरु अतिथिहरुलाई खुवाईएको थियो । १९६७ मा नेपालका लागि तत्कालिन अमेरिकन राजदुत मानार्थ सभापति एल्सवर्थ बंकरले नेपाल र अमेरिका बीच सम्बन्ध स्थापना गर्ने हेतुले अमेरिका नेपाल सोसाईटीको स्थापना गरेका थिए ।

प्रतिक्रिया