शनिबार, असोज ३० २०७८
काठमाडौं १५:३६
वासिङटन डिसी 05:51

सदस्यताका लागि पहिलो किस्ता बुझाउनु पर्ने म्याद १ महिना थप

इनेप्लिज २०७६ असार २९ गते २१:५९ मा प्रकाशित

सप्ताह पछि गतहप्ता बिभिन्न क्षेत्रगत बैठकहरू भएको सर्बविदितै छ । सो बैठकहरूमा यो समयमा नेपाली अमेरिकन सामुदायिक केन्द्रको सदस्यता लिने इच्छा राख्ने समुदायका कतिपय सदस्यहरू परिवार सहित बिदा मनाउन यात्रामा रहेको कारण छुट सहितको सदस्यता लिनबाट बन्चित हुने अवस्था रहेको भन्ने बुझिन आएको छ । त्यसैले छुट सहितको सदस्यताका लागि पहिलो किस्ता बुझाउनु पर्ने म्याद १ महिना थप गरी अगस्त १४, २०१९ सम्म पुर्याउने निर्णय भएको जानकारी गराइन्छ ।

क्षेत्रगत समुदायको घर आगनमा सामाजिक अभियन्ताहरू पुगी सदस्यता बिस्तार गर्ने क्रम यो थपिएको एक महिनामा अझ तीब्रतर बनाइने छ ।
आज जुलाई १४ तारिख सम्म उठेको चन्दा र खर्चको बिवरण भोली जुलाई १५, २०१९ का दिन सार्वजनिक गरिने छ ।

चन्दादाता तथा स्वयंसेवकहरूको सम्मान, विधानमा आवश्यक फेरबदल र तदर्थ समितिहरूको गठनको प्रयोजन समेतकालागि अगस्तको पहिलो हप्तामा बैठक आयोजना गर्ने तैयारी भई रहेको समेत समस्त चन्दादाता र समुदाय सदस्यहरूलाई विनम्र जानकारी गराउँछौँ ।

प्रतिक्रिया