आगलागीमा परेर कुवेतमा तीन नेपालीको मृत्यु

इनेप्लिज २०७६ असार २९ गते ९:२५ मा प्रकाशित

काठमाडाैँ, २९ असार । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन् ।

मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ । आगलागी भएको स्थान महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका छन् ।

प्रतिक्रिया