शनिबार, असोज ३० २०७८
काठमाडौं ०३:१३
वासिङटन डिसी 17:28

न्यूह्यामसायरमा २०६औं भानु जयन्ति भव्यरूपमा सम्पन्न !

इनेप्लिज २०७६ असार २८ गते २३:५९ मा प्रकाशित

अनेसास न्यूह्यामसायरको आयोजनामा २०६औं भानु जयन्ति न्यूह्यामसायरको हुक्सेट लाइब्रेरी हुक्सेटमा यही जुलाइ १३ तारीख़ २०१९ शनिवार भव्यरूपमा संपन्न भएकोछ। कार्यक्रम आशन ग्रहण पश्चात पण्डित मधु सुधन अधिकारीबाट मंगलाचरण , दुवै देशका राष्ट्रीय गान एवं आदिकवि भानु भक्त आचार्यको फोटोमा पुष्प गुच्छा अर्पणगरी सुरू गरीएको थियो। संस्थाका अध्यक्ष कृष्ण कुमार गिरीको सभापतित्व र अनेसासका केन्द्रीय सचिव लाल गोपाल सुवेदीको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रमा, ग़ज़लकार तथा एन आर एन भाषा साहित्य उप समितिका सदस्य महेश्वर पन्त , सोही समितीका सदस्य – अनेसास विओटी पुरस्कार समिति सदस्य एवं संस्थाका प्रधान संपादक इश्वरी भट्ट , एन आर एन आइ सी सी अनररी सदस्य शिव कुमार राइ र पूर्व च्याप्टर अध्यक्ष तथा के स अग्नि प्रसाद पराजुलीहरूको विशेष आति्थ्यता रहेको थियो।

कार्यक्रमा इश्वरी भट्ट( ऑफ्नो र गोपाल भण्डारीको कविता बॉचन) , लालगोपाल सुवेदी, कृष्ण कुमार गिरी, हरी मॉया अधिकारीले, हरी कुमारी गुरूड॰, अग्नी पराजुली, तारा नेयौपानेहरूले ऑ- ऑफ्ना रचना वॉचन गर्नु भएको थियो भने महेश्वर पन्तले मिठो गजल तथा हरी मॉया अधिकारीले सॉड॰गितीक कार्यक्रमबाट सवैलाइ नचाउनु भएको थियो । वाध्यवादनमा प्रेम सागर खतिवडा र मधु सुधन अधिकारीले सघाउनु भएको थियो। वाल नृत्यकार आन्या वैध्यले रोचक नाच प्रस्तुत गरेकी थिइन।

कार्यक्रमका विशेष अतिथि केन्द्रिय सचिव वालगोपाल सुवेदीले भानु भक्तको देन वारे चर्चा गर्दै, अनेसास न्यूह्यामसायरले उल्लेखनीय काम गरेको र कतिपय काम केन्द्रिय स्तरका रहेका वताउनु भएको थियो।

संस्थाको उपाध्यक्ष हरी मॉया अधिकारीले कार्यक्रममा उपस्थित सवैलाइ स्वागत गर्नु भएको थियो।डा. पुष्प जोशीले कार्यक्रमको कल्चर वारे ऑफ्ना धारणा राख्नु हुँदै चीनियाँ भाषाको कविता सुनाउनु भएको थियो। उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ केन्द्रीय सदस्य एवं गरूड़॰ समाजकी अध्यक्ष क्षत्र कुमारी गुरूड॰, च्याप्टर अध्यक्ष डम्बर कडरिया, नेपाली समाजका महासचिव राम चनाद्र भण्डारी, डा. पुष्प जोशी,संस्थाकी सह- कोषाध्यक्ष सुस्मिता पौड्याल , गै. आ. ने. स. च्याप्टर सचिव कमल ढुंगाना, मैया ढुंगाना र वेकी फ़िल्ड लगायत थुप्रै सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका सभापति अध्यक्ष कृष्ण कुमार गिरीले संस्थाले यस कार्यकालमा गरेका कामको चर्चा गर्दै द्वितीय च्याप्टर संमेलनको वेला भए गरेका कामको पूनश्मरण गराउदै भाषा साहित्यको महत्व वताउनु भएको थियो। संस्थाका संरक्षक उमेश कोइरालाले कार्यक्रममा उपस्थित सवैलाइ धन्यबाद दिनु हुदै प्रधान संपादकको ६ बर्ष सम्मको अथक परिश्रम र लगानिको उच्च मूल्याड॰कन गर्नु भएको थियो। कार्यक्रम संस्थाकी सदस्य हरी कुमारी गुरूड॰ ले सन्चालन गर्नु भएको थियो।

समाचार संपादन- इश्वरी भट्ट

प्रधान संपादक

प्रतिक्रिया