सोमबार, भदौ ३० २०७६
काठमाडौं ०१:५३
वासिङटन डिसी 16:08

पति पत्नि सम्बन्ध र सम्बन्ध बिच्छेद :

महेश भट्टराई २०७६ असार २८ गते १९:३८ मा प्रकाशित

 

महेश भट्टराई ,

हाम्रा हजूर बा आमाको पालामा १०-१२ बर्षको उमेर अर्थात महिनावारी नहुदै चोखो भनेर बिबाह हुने गर्दथ्यो ।जात, कुल खानदान, गोत्र,राशी ह्रेरर बिबाह गरि दिन्थे । त्यो पनि यो जिवनभरको लागि टासिनै पर्ने गरि ।

चुडालेको कुश अर्थात अब लाश मात्र फर्कन्छ भन्ने चलन थियो ।आत्महत्याका घटना यिनै यस्तै कुसंस्कृतीका परिणाम हुन ।
आज दुख परे तुरून्त आउनु घर छ, हामी छ्यौ । छोरी तिम्रो यो घरमा बिबाह पश्चात पनि बराबर अधिकार छ भन्न र ब्यबहारले देखाउन आबस्यक छ।

आमा बा को पालामा भूई कोट्याएको भरमा वा मौनौ स्विकृतम लक्ष्यणम् भनेर बिबाह गरि दिन्थे।
हाम्रो पालामा ५ मिनेटमा बोल्न समय दिइन्थ्यो । जिवनको निर्णय तेहि ५ मिनेट ले गर्थ्यो ।

तर आज समय परिबर्तन भएको छ । राम्ररी एक आपसमा राम्ररी बुझ्न प्रेम गर्ने गर्छन ।अझै प्रयोग गरेर हेर्न बिबाह पूर्व संगै बस्ने गर्छन । मन परे बिबाह गर्छन, नपरे छोड्छन, अर्को संग बस्न शुरू गर्छन ।

म यहां केहि बिदेश तिरका बिबाहका कुराहरू गर्दैछु ।

बिदेश घुम्न, पढ्न, काम, तालिमको लागि जानु सामान्य हो । तर देश छोडेरै जानु, रहर होइन बाध्यता हो ।
म केहि हाम्रो समाजमा शंभाब्य घटेका वा घट्न सक्ने घटनाको चर्चा गर्दैछु !

घटना एक : पति कमाईको लागि बिदेश जान्छ । भर्खरको पत्नि आफ्नो जवानि थाम्न नसकी वा बिभिन्न आक्रमण, जाल झेल वा दबाबमा परेर परपुरूष संग सम्बन्ध राख्छे ।उता पति पत्निको लागि पसिना बगाई रहेको हुन्छ ।

घटना दुई : पत्नि घरमा दुख गरेर बाहुआमाको सेबा गरेर सधैभर पतिको बाटो कुरि बसेकी हुन्छे । तर पति भने बिदेशमा अर्कै केटी संग मोजमस्ति गरिरहेको हुन्छ ।

घटना तिन : नेपालबाट बिबाह गरि धेरै बर्षको प्रयत्न पछि बिदेश लाग्छ । नेपालमा केटी र बिदेशमा केटा अर्कै केटी संग लागि सकेका हुन्छन र सम्बन्ध बिग्रन्छ र अलग्ग बस्छन ।

घटना चार : नेपालबाट पढेको र ठुलो घरानाको केटी बिबाह गरेर बिदेश लान्छ ।आफूले दुख गरेर पनि अझै पढाउछ र ठुलै मानिस बनाउछ ।पछि पत्नि स्तर नमिल्ने भनि छाडि दिन्छे ।

घटना पांच : नेपाल बाट बिबाह गरेर बिदेश ल्याउछ । तर बिदेशमा केटीको अर्कै केटो साथी हुन्छ र केटी उसै संग जान्छे।

घटना छ : बिदेश जान कै लागि नक्कली बिदेशी संग बिबाह गर्छ र बिदेश जान्छ ।संझौता अनुसार कमाई केटी लाई बुझाउछ । धेरै बर्ष निकै दुख गर्छ, धेरै नै पछुताउछ र नेपाल फर्कन्छ ।

घटना सात : नेपाल जान्छ राम्रो केटि छानेर बिबाह गर्छ । बिदेश ल्याउछ । केटिले जोडी, पढाई, उमेर मिलेन भनेर छाडी दिन्छे ।

यी माथीका घटनाहरू केहि प्रतिनिधी घटना मात्र हुन ।

पति पत्नि, बिबाह र सम्बन्ध आजको दिनमा निभाउन निकै नै कठिन भै सकेको छ । आजको युगमा कसैले कसैलाई जबरजस्ति बाध्य पारेर राख्न सक्दैन न त कोहि बस्न नै चाहन्छ।

किनकी आजको नारीहरू सोच, शिक्षा, ज्ञान र ब्यबहार कुनै कुरामा पनि कम छैनन र आत्म निर्भर छन ।
आज तेस्रो लिंगी, केटाकेटा र केटीकेटी बिबाह गरि संगै बस्ने चलन आई सकेको छ । समय र माग संगै हामीले सबै सबन्धहरू लाई सहज रूपमा स्विकार्नै पर्छ ।

तर बिबाह जस्तो पबित्र सम्बन्ध भित्र पश्चिमेली चलन निकै नै हावाहुरीको रूपमा फैलिएकाले सकारात्मक र नकारात्मक पक्ष बुझ्न र छुट्याउन जरूरि छ ।

माथिको घटनाहरू गल्ति को कस्को भन्नु भन्दा बिबाह पूर्ब केहि होशियारी अपनाएमा यी यस्ता अप्रिय दुखदायी घटनाहरू हाम्रो समाज र आफन्त लाई सुन्न र देख्नु पर्ने थिएन ।

सुझाव र सल्लाह :

१ . उमेरमा ठुलो भिन्नता ! सोचाई, गराई, उठाई, बसाई, ब्यबहारमा मेल खादैन । हुनत प्रेममा उमेरले रोक्दैन भन्छ तर दुई चार सेलिब्रेटी वा घटनाले सिगो समाजको चित्रण गर्न सक्दैन ।

२ . पढाईको स्तर भिन्नता : एक जनाले धेरै पढेको भएमा पनि पछि गएर पछुतो वा दबिनु वा निर्भर हुनु पर्ने हुन्छ । सोच र ब्यबहारमा धेरै फरक पर्छ ।

३ लक्ष्य/सोच मिलान : हरेक मानिसको जिवन बुझाई र बाच्ने शैली फरक फरक हुन्छ । त्यसैले राम्ररी छलफल गरेर, समय लिएर एक आसमा बुझेर मात्र बिबाह गर्नु पर्छ।

४ . आर्थिक प्रलोंभन : धेरै केटा वा केटी वा बाबुआमाले धन सम्पत्ती देखेर बिबाह गरि दिन्छन । जुन भविष्य निकै हानीकारक हुन्छ ।तर धनि र गरिबको बिबाह हुनु हुदैन वा सफल हुदैन भन्ने पटक्कै होइन । मुख्य कुरा संम्पत्तिको लोभले बिबाह गर्नु हुदैन ।

५ . सुन्दरताको प्रलोभन : हरेक सुन्दर बस्तु उपभोग गर्न लायक नहुन सक्छ । सबैले बच्चा देखि त कति सुन्दर छ भनि दिदा अहंमताले घमन्ड पैदा हुन्छ । ब्यबहारिक ज्ञान न्युन हुन सक्छ र सम्बन्ध टुट्न सक्छ ।

६ . यथेष्ट समय : हामीहरू हतारमा बिबाह गर्छौ र फुर्सदमा पछुताउछौ ।अरू कै कुरा सुनेर वा पत्याएर टप्प टिपेर बिबाह गर्छौ। बिबाह भनेको जिवनको लागि हो, राम्ररी बुझेर, समय लिएर मात्र निर्णय लिनु राम्रो हुन्छ।

७ . धर्म र जातको भिन्नता : मेरो बिचार संसारमा एक जात ‘मानव’ र एक धर्म ‘मानव धर्म’ हो । तर पनि मानिसहरू जिवन जवानीमा नबुझि सन्किन्छन र पछि सम्बन्छ तोड्छन ।शिक्षा, प्रभाव र ज्ञानको अभावमा यस्तो हुन्छ ।

८ . स्वतन्त्रता र आफ्नो अस्तित्व : हरेक मानिसले आफु नै ठुलो र अहमं भावना राख्यो भने पनि सानो सानो कुरामा तिक्तता र बिबाद भै छुट्टिन पुग्छन ।हरेकले फरक आत्मा र ब्यक्तित्व लाई स्विकार गर्न सक्नु पर्छ ।

बैबाहिक जिवन सफलताको लागि आबश्यक कुराहरू :

१. प्रेम र प्रतिबद्दता
२ . शारिरीक सम्बन्ध र समर्पण
३. मानवियता र आपसी सहयोग
४. धैर्यता र क्षमा याचना
५. इमान्दारिता र आत्म विश्वास
६. स्पष्ट संचार र विश्वाश
७. आदर र प्रशंशा

बिबाह र सम्बन्ध जति सोचिन्छ तेति सजिलो पक्कै छैन।
अभाव, प्रभाव र दबाबमा परेर बिबाह कसैले गर्नु हुदैन ।

फरक फरक घर, परिबार, रहन सहन, संस्कृती, परम्परा बाट हुर्के पढे बढेको दुई अलग आत्मा जिवन भर संगै जबर्जस्त मिलेर बस्नु सहज कुरो हुदै होइन । हरेकको फरक अस्तित्व लाई स्विकार्नु नै जिवन हो ।

आध्यात्म ज्ञान र जिवन मृत्युको यथार्त लाई सरल र सहज रूपमा बुझेमा मात्र बिबाह र जिवन सफल हुनेछ!

प्रतिक्रिया