सुचित्रा श्रेष्ठको पहलमा चलचित्रकर्मिको परिवारले उच्च शिक्षामा पाउने भए छुट

इनेप्लिज २०७६ असार २८ गते १२:५० मा प्रकाशित

 

काठमाडौँ : चौधरी ग्रुपद्वारा संचालित क्याम्पियन काठमाडौँ सेकेण्डरि बिद्यालय गहना पोखरीले चलचित्रकर्मीहरु तथा उनीहरुका परिवारलाई कक्षा १२ सम्म सम्पुर्ण शुल्कमा ३०% छुट दिने सम्झौता नेपाल चलचित्र निर्देशक समाज संग गरेको छ । सम्झौता पत्रमा निर्देशक समाजको अध्यक्ष तथा नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ र क्याम्पियन बिद्यालयको प्रीन्सिपल खेमराज देवानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

उक्त सम्झौता हाललाई २ बर्षको लागी गरिएको छ । नेपाली चलचित्रकर्मीहरु सबैजनाले महँगो खर्च तथा महँगो फि तिरेर आफ्नो बालबच्चा लाई पढाउन सक्छन भन्ने छैन त्यसैकारण चलचित्रकर्मीहरुका परिवारहरु लाइ शिक्षामा केहि सहुलियत भए उनीहरुका परिवारमा धेरै राहत हुने कुरा अध्यक्ष सुचित्रा श्रेष्ठले बताइन् ।

 

उनि भन्छिन यो सुबिधा चलचित्र निर्देशकको सन्तानको लागी मात्र होइन सम्पूर्ण चलचित्रकर्मीका बालबच्चाहरुको लागी लागू हुने पनी उनले बताइन् । सम्पूर्ण चलचित्र सघ संस्थाहरुलाई पत्राचार गरि सुबिधा लिन जानकारी गराउने बताउदै उनले भनिन शिक्षण संस्थाहरु हामी सुबिधाका लागी थप्दै लैजाने छौ त्यस्तै गरि चलचित्र निर्देशकहरुलाई ५०% र एकै परिवार सदस्यलाई २५% स्वास्थमा छुटका लागी स्वास्थ्य संघ संस्थाहरुसग समेत कुरा भैरहेको श्रेष्ठले जानकारी गराइन ।

मानिसलाई अति आवश्यक पर्ने स्वास्थ र शिक्षा हो यसलाई हाम्रो समाज मार्फत सहज बनाएर चलचित्रकर्मीलाई सुबिधा दिने लक्ष्य राखेकाछौ । नेपाल चलचित्र निर्देशक समाजले इत्तिहाद एयरवेज सग पनि सम्झौता गरेर सम्पुर्ण चलचित्रकर्मीहरुलाई ईन्टरनेरनेशनल फ्लाइटहरुमा २०% छुट दिनेगरी सम्झौता गरिएको थियो ।

संचारकर्मी समेत रहेकी निर्देशक समाजको अध्यक्ष तथा नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठले बिगत लामो समय देखि चलचित्रकर्मीहरुको हकहितमा काम गर्दै आएकी छिन भने सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छिन ।

प्रतिक्रिया