राजेश पायल राईको आवाजमा सुपरहिट गीत ”मेरो साथ ”भिडियो सहित

इनेप्लिज २०७६ असार २८ गते ११:१० मा प्रकाशित

नेपाली गीत संगीतमा निकै रुचाइएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएका ”मेरो साथ ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमिका ले मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ । दोस्तिहाङ्ग राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्किको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री प्रिन्सको निर्देशन भिडियोमा रहेको छ । ”मेरो साथ” गीतको भिडियोमा लक्ष्मी तामाङ्ग र सजन गुरुङ्गको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको पुरा भिडियो ।

प्रतिक्रिया