तुलसी पुजा गर्दा हुने तपाईको जीवनमा यस्ता फाइदाहरु जान्नै पर्ने : माता सबिता

इनेप्लिज २०७६ असार २८ गते ११:०५ मा प्रकाशित

तुलसीपुजा असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको समयलाई चतुर्मास भनिन्छ साथै कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ बिष्णु भगवान क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमाशभरि कुनै पनि मङ्गल कार्यहरुजस्तै बिवाह,व्रतबन्ध आदिको लगन हुँदैन र कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु हुन्छन् आकस्मिक दुर्घटना,चोटपटकबाट बच्न,धनी सम्पन्न र प्रसन्नताका लागि तुलसीको पूजाको महिमा रहेको छ!!

तुलसीको सेवन गर्दा ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा यस्को पातलाई कहिले पनि दाँतले चपाउनु हुँदैन र सीधै निल्नु नै उत्तम मानिन्छ यसरी तुलसीको पातको सेवन गर्दा धेरै रोगहरुबाट मुक्ति पाउने विश्वास गरिन्छ तुलसीको पातमा पारा धातु भन्ने तत्व रहने हुँदा यसलाई रोग विनाशक मानिन्छ यदि यस्को पात दाँतले चपाएर निलेको खण्डमा दाँतको लागि भने हानीकारक मानिन्छ त्यसैले पनि पात नचपाई सर्लक्कै निल्नु नै उचित मानिन्छ!!

प्रतिक्रिया