काठमाडौं, असार २६ । रोशन राई सांगेतिक क्षेत्रमा नयाँ नाम होईन । लामो समयदेखि सांगितिक आकाशमा उदयमान ताराको रुपमा मात्र नभई स्थापित पनि भईसकेका हुन रोशन राई ।
करिब २० बर्ष अघि देखि गायन यात्राको शुरुवात गरेका गायक रोशन राईको पछिल्लो गीत ‘उपहार दिउ कि माया तिमिलाई आँखैमा सजाँउ’ सार्वजनिक भएको छ ।
जन्मघर खोटाङ जिल्ला घर भएका गायक राईका यस अघि प्राण, गायन र गायन २ गरि ३ वटा गीती एल्वम बजारमा सार्वजनिक भैसकेका छन् । २०५६ सालमा पूर्वाञ्चल आधुनिक गायन प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रका १६ वटा जिल्लाको प्रतिस्पर्धामा प्रथम उपाधि हासिल गरेका गायक रोशन राईलाई ‘पालुवा स्टार’ को उपाधिबाट पुरस्कृत गरिएको थियो । उक्त उपाधिले नै गायन क्षेत्रमा अघि बढ्न हौसला प्रदान गरेको बताउछन् गायक राई ।
गत शुक्रबार युट्युवमा सार्वजनिक गरिएको गायक राईको गीत ‘उपहार दिउ कि माया तिमिलाई आँखैमा सजाँउ’ लाई करिब २ लाख भ्यूअर्सले हेरिसकेका छन् । उक्त गीतको वारेमा थुप्रै सकारात्मक प्रतिक्रियाहरु पनि आइरेका छन् । गायक रोशन राई र अञ्जु पन्तको स्वर भएको उक्त गीतमा राईले नै संगीत दिएका छन् भने शब्द बच्चन राईको रहेको छ । उक्त गीतको मोडलमा पल शाह र बर्षा सिवाकोटीले भूमिका निर्वाह गरेको छन् । उक्त गीतको छायांकन पनि उत्कृष्ट रहेको छ ।
आफूलाई सांगेतिक क्षेत्रमा लाग्दा साह्रै नै आत्मसन्तुष्टि मिलेको बताउछन् राई । पछिल्लो समय निकालेको यस गितले बजार चर्चा राम्रै पाउन थालेपछि यसले आफूलाई थप उर्जा मिलेको बताउछन् । आगामी दिनमा पनि यस्तै मिठा तथा सुमधुर गीत सुन्न पाईराखौ हाम्रो शुभकामना ।
प्रतिक्रिया