पुजा लामाले माया लाउँनेको खोजी गर्दा सागर र निरञ्जलीको मस्ती (भिडियो हेर्नुहोस्)

इनेप्लिज २०७६ असार २७ गते २१:३२ मा प्रकाशित

काठमाडौं । गायिका पुजा लामाले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । उनको स्वर रहेको सेलो भाकाको कोही छ कि माया लाउँने बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

टीका बोम्जनको शब्द तथा संगीतमा तयार पारिएको उक्त गीतमा पवन लामाको संगीत संयोजन रहेको छ । यस गीतको भिडियोमा सागर घिसिङ र निरञ्जली लामाको अनस्किृन रोमान्स देख्न सकिन्छ भने भुईसल लामाा र कमान सिंह लामाले पनि अभिनय गरेका छन् । बिक्रम तामाङको छायाँकनमा अजय स्याङतानले निर्देशन र सम्पादन गरेको भिडियोमा अर्जुन पोखरेले कलर गरेका छन् ।

प्रतिक्रिया