कमलले ल्याए संदेशमुलक गित “बुङगा लाफा” (भिडियो सहित)

इनेप्लिज २०७६ असार २७ गते १९:३९ मा प्रकाशित

काठमाडौँ : चर्चित गायक कमल के क्षेत्रिको सुमधुर आवाजमा सन्देशमुलक नयाँ गितको म्युजिक भिडियो “बुङगा लाफा” सार्बजनिक भएको छ । बेरोजगार युवा पिडिहरुको मर्मलाई गित मार्फत पोख्दै उनले युवाहरुलाई सचेतना फैलाउने गीतको भिडियो लिएर आएका हुन् । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा पस्केर चर्चा कमाउन सफल गायक कमल के क्षेत्रिको फरकधारको गीतले सम्पूर्ण दर्शक श्रोताहरुको मन जित्नेमा उनि बिस्वस्त छन् ।

बिबेक बास्तोलाको शब्द तथा गायक कमल के क्षेत्रिको संगीत रहेको गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका छन् । सार्बजनिक भिडियोलाई अनिल के मानन्धरले छायांकन तथा निर्देशन गरेका छन् भने शिलन लम्सालले सम्पदान गरेका छन् । भिडियोमा गायक कमल के क्षेत्रिको आफ्नै अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया