१० लाख दिएर आफ्नै श्रीमतीको हत्या, २५ दिनपछि जंगलमा कंकाल भेटियो, घटनाबारे आमाले रहस्य खुलाईन् (भिडियो)

इनेप्लिज २०७६ असार २७ गते १०:५४ मा प्रकाशित
आफ्नी श्रीमती मार्नको लागि मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले ६ लाख ऋण लिन्छन् । उनले आफ्नो पसलमा सामान हाल्न भन्दै ऋण लिएर श्रीमती मार्ने व्यक्तिलाई पैसा दिन्छन् । १० लाखमा काम सक्ने सहमती हुन्छ तर ६ लाख एड्भान्समै उनले दिन्छन् । असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा मारेर फल्छन् र श्रीमान् भनिने रमेश नेपाली श्रीमती हराएको नाटक गर्दै रुदै मिडिया देखी प्रहरीचौकी सम्म पुग्छन् ।
। लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय उनी धेरै धाए, धेरै पटक प्रहरीक अगाडी रोए। मिडियाका अगाडी पनि रोएर श्रीमती खोजिदिन आग्रह गरे । श्रीमतीले प्रयोग गर्ने मोबाईल, सुनको सिक्री सबै घरमै फेला परेपछि र बारम्बार श्रीमान प्रहरीचौकी धाएपछि प्रहरीले रमेशमाथी शुस्म अध्यायन थाल्यो र २५ लिन पछि लक्ष्मीको कुहिएको अस्थिरपंजर जंगलमै फेला पर्यो ।

प्रतिक्रिया