कोशी व्यारेजमा पानीको बहाव उच्च, रातो बत्ति बालियो

इनेप्लिज २०७६ असार २७ गते ९:३० मा प्रकाशित

काठमाडाैँ, २७ असार । सप्तकोशी नदीको बहाव यो वर्षकै उच्च भएको छ ।

आज विहान ८ बजे १ लाख ७० हजार ६ सय ४५ क्युसेक प्रतिसेकेण्ड पानीको बाहाव मापन गरिएको कोशी व्यारेज कन्ट्रोलरुमले जनाएको छ ।

पानीको बाहाव बिहिबार साँझदेखि बढेपछि कोशी व्यारेजको ५६ ढोका मध्ये २३ वटा ढोका खोलिएको छ भने खतराको सूचक रातो बत्ति बालिएको छ । चार दिनदेखि भइरहेको लगातारको वर्षा नरोकिएकोले सप्तकोशीको बहाव अझै उच्च हुन सक्ने बताईएको छ ।

यसैबीच, निरन्तरको वर्षासँगै खसेको पहिरोले चतरा बराहक्षेत्र सडकखण्ड बिहीबारदेखि अवरुद्ध भएको छ । बराहाक्षेत्र जानेबाटो मोटीडाँडा मुनि पहिरो झर्नुका साथै अरु ठाउँमा पनि पहिरो झरेकोले बराहा क्षेत्र चतरा सडक खण्डमा सवारी सञ्चालन हुन छैन ।

वर्षा नरोकिएकाले बाटो खुलाउने कार्य सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए ।

प्रतिक्रिया