सोमबार, भदौ ९ २०७६
काठमाडौं ००:२४
वासिङटन डिसी 14:39

जिल्ला वन कार्यालय सुर्खेतका डीएफओ चार लाख रुपैयाँ घुससहित पक्राउ

इनेप्लिज २०७६ असार २७ गते ९:२८ मा प्रकाशित

काठमाडाैँ, २७ असार । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्त बहादुर लामा चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियारको सुर्खेत टोलीले शुक्रबार लामालाई घुससहित पक्राउ गरेको हो ।

सामुदायिक वनको काठको छुटपूर्जी दिलाईदिने भन्दै लामाले चार लाख रकम घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया