यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लियो !

इनेप्लिज २०७६ असार २७ गते ९:२६ मा प्रकाशित

काठमाडौं, असार २७ गते ।

यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा चिप्लिएको छ ।

नेपालगन्जबाट काठमाडौ बिमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको हो ।

सो जहाजमा ६६ यात्रु सवार थिए । यति एयरलाइन्सका अनुसार जहाज धावनमार्गमा चिप्लदा २ जना सामान्य घाइते भएका छन् । तस्विरः फाइल फोटो ।

प्रतिक्रिया