छवि ओझा र शिल्पा पोखरेलबीच सहमति !

इनेप्लिज २०७६ असार २७ गते १:४६ मा प्रकाशित

काठमाडाैँ । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि आज महानगरीय प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको हो ।

अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई बोलाएको थियो । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ ।

लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्य रुपमा बिबाह भएको थियो । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा पुगेकी थिइन् ।

शिल्पा अहिले चलचित्र निर्माता बिकास रौनियारको घरमा बसेकी छन् । असार ८ गतेदेखि शिल्पा ओझाको घरमा पुगेकी छैनन् ।

प्रतिक्रिया