बिहीबार, साउन २ २०७६
काठमाडौं २३:२९
वासिङटन डिसी 13:44

झापालीहरुको पिकनिकमा सम्पूर्ण नेपालीलाई निम्तो

इनेप्लिज २०७६ असार २६ गते २२:०१ मा प्रकाशित

भर्जिनिया, मैरिलैंड र डिसी मेट्रो क्षेत्रका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई एक पिकनिक कार्यक्रममा सहभागी हुन झापालीहरुको हार्दिक निम्तो आएको समाचार छ। डिसी मेट्रो क्षेत्रमा बसोबास गर्दै आईरहेका झापालीहरुले यही जुलाई २७ तारिख शनिबार एक पिकनिक कार्यक्रमको आयोजना गरेर सम्पुर्ण नेपालीलाई सहभागी हुन निम्तो दिएका हुन्।

यसपटक पनि पहिले झै पिकनिक मेरिलैंडको बोईड्समा हुने भएको छ। झापालीहरुले आयोजना गरेको यस्तै पिकनिक कार्यक्रम करिब दुई बर्ष अघी पनि यसै स्थानमा भब्यताका साथ सम्पन्न भएको थियो।

विविध मनोरन्जनात्मक कार्यक्रमहरु पनि हुने भएकाले पिकनिक कार्यक्रम निक्कै रमाईलो हुने बताईएको छ। कार्यक्रमको संयोजन गरिरहनु भएकी झापाकी चर्चित साहित्यकार सिता पाण्डेका अनुसार पिकनिकमा सहभागी दाजुभाई दिदीबहिनीहरुले प्रति एक व्यक्ती १० र प्रति परिवार २० डलर स्वेच्छाले कन्ट्रिव्युशन गर्न सक्नेछन्।

पिकनिक कार्यक्रमसंगै मनोरन्जन लगायत सामाजिक अभियानहरुका विविध क्रियाकलापहरु पनि हुने बताईएको छ। दुई बर्ष अघी सम्पन्न भएको यस्तै पिकनिक कार्यक्रमबाट बचत भएको रकम नेपाली मन्दिर निर्माण अभियानमा योगदान गरिएको संयोजक सिता पाण्डेले जानकारी दिनुभयो।

कार्यक्रमको बिस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने बताईएको छ। पिकनिकको तयारीका लागि यही शनिबार अपरान्ह टाईसन्स कर्नरमा एक तयारी बैठक पनि आयोजना हुने भएको छ।

पिकनिक स्थल: Black Hill Regional Park
20923 Lake Ridge Dr. Boyds, MD 20841(Shelter-1)

बिस्तृत जानकारीका लागि निम्न व्यक्तीहरुलाई सम्पर्क गर्न सकिने बताईएको छ।

सिता पाण्डे: 646-702-4494,प्रेम संग्रौला: 202-320-6115,खगेन्द्र अधिकारी: 703-625-2488,कविन्द्र सिटौला: 571-259-3984,सुरेश अधिकारी: 703-409-9434,गौरा रिसाल: 301-873-0103,रोजा ओली: 760-989-0636,लेखनाख भण्डारी: 706-638-9686,गुणराज लुईंटेल: 703-720-0360 केशर कार्की: 562-229-8862,उमेश निरौला: 240-342-0843,मोहन उप्रेती: 571-314-5760,तोया पौडेल:913-636-6924,सन्तोष प्रसाई: 703-309-0911 प्रबिन खड्का: 703-956-0526 कृष्ण सादगी:703-505-5465

प्रतिक्रिया