बिहीबार, साउन २ २०७६
काठमाडौं २३:३६
वासिङटन डिसी 13:51

आईसीईले कागजात नभएका आप्रवासीलाई धरपकड आईतबारबाट सुरु गर्ने

इनेप्लिज २०७६ असार २६ गते १०:४४ मा प्रकाशित

इमिसग्रेसन एण्ड कस्टम्स ईन्फ़ोर्समेन्ट (आईसिई)ले आगामी आइतबार देखि अमेरिका बस्ने कानुनी रुपमा कागजात पत्र नभएकाहरुलाई धरपकड गर्ने भएको छ । केही दिन अगाडी यसरी नै अमेरिकाका मुख्य शहरहरु बाट पक्राउ गरेको थियो ।

धरपकड जुलाई १४ आइतबार देखि सुरु गर्ने भनि न्यूयोर्क टाईम्सले जनाएको छ । अमेरिकाको वर्तमान दुई होमल्याण्ड सेक्युरिटी अधिकारी तथा एक पूर्व अधिकारीका अनुसार यस्तो कदम चालिने समाचार प्रकाशित गरेको छ ।

यो काम द्रुत गतिमा अघि बढ्ने र यो आदेश राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् । पक्राउ परे पछि देश निकाला गरिने समेत गरिने जानकारी दिएका छन् ।

केहि समय अगाडी परिवारका सदस्य सहित पक्राउ गरिएकालाई टेक्सस र पेनसेलभेनियामा थुना केन्द्रमा समेत राखिने छ भने जति सक्दो चाडो देश निकाला अभियानमा लाग्ने उनीहरुले बताएका छन् ।

करिव २ हजार आप्रवासीको लक्ष्य सहित अमेरिकाका १० मुख्य शहरमा छापामार गरिने जनाएका छन् ।

प्रतिक्रिया