बिहीबार, साउन २ २०७६
काठमाडौं २३:१०
वासिङटन डिसी 13:25

भर्जिनिया व्यवसायको लागि सर्वोकृष्ठ राज्य

विश्व स्तरीय कामदार, उत्कृष्ठ शिक्षा प्रणाली र व्यवसाय प्रवर्दन गर्ने नीति नियम

यादवराज जोशी २०७६ असार २५ गते २३:२६ मा प्रकाशित

यादवराज जोशी

अमेरिकाको भर्जिनिया राज्य व्यापार व्यवसायको लागि सर्वोकृष्ठ राज्य भएको छ । समाचार संस्था सिएनबिसिले गरेको अध्ययनले अमेरिकाका ५० राज्यमध्ये भर्जिनिया उत्कृष्ठ राज्य भएको हो ।

विश्व स्तरीय कामदार, उत्कृष्ठ शिक्षा प्रणाली र व्यवसाय प्रवर्दन गर्ने नीति नियमले भर्जिनियालाई उत्कृष्ठ राज्य बनाएको हो । यसैगरी सुरक्षा क्षेत्रमा भरपुर लगानीले पनि व्यवसायीलाई भर्जिनियाले तानेको हो । भर्जिनियाले राज्यको कूल ग्राहस्थ उत्पादनको १२ प्रतिसत सुरक्षामा खर्च गर्ने गरेको छ, यो अमेरिकाको कुनै पनि राज्यको भन्दा बढी हो ।

दश भिन्न मापक बनाएर कूल दुईहजार पाँचसय स्कोरमा भर्जिनियाले एकहजार ६ सय १० अंक प्राप्तगरेको सिएनबिसिले जनाएको छ । भर्जिनियाले कामदारमा सबैभन्दा बढी चारसय ५० अंक र सबल अर्थतन्त्रको मापकमा तीनसय ३५ अंक प्राप्त गरेको छ । यसैगरी, पूर्वाधारमा तीनसय ५०, व्यवसायिक खर्चमा तीनसय ५०, जीवनस्तरमा तीनसय ३५, शिक्षामा एकसय ७५, प्रविधी र अविस्कारमा एकसय ७५, व्यवसाय मैत्रीमा एकसय ७५, पूंजीमा पहुचमा ७५, जीवनयापन खर्चमा ५० अंक प्राप्त गरेको छ ।

भर्जिनियापछि व्यवसाय मैत्री राज्यमा टेक्सास रहेको छ । टेक्सासको मापकहरुमा कामदार, अर्थतन्त्र र पूर्वाधार निकै बलियो भएपनि व्यवसायिक खर्च, जीवनस्तर र शिक्षा जस्ता मापक कमजोर छन् । यो सुचीको तेस्रो राज्य नर्थ क्यारोलिना रहेको छ । नर्थ क्यारोलिनाको अर्थतन्त्र र शिक्षा टेक्सासकोभन्दा सबल छ । यस्तै, चौथो र पाँचौमा उथाह र वासिड.टन राज्य रहेका छन् । यि दुई राज्यको जीवनस्तर र शिक्षा सबल रहेको छ ।

व्यवसाय मैत्री सुचकको अन्तिम पाँच राज्यमा रोडे आईल्याण्ड, हवाई, मिसिसिपी, अलस्का र लुजियाना परेका छन् । रोडे आईल्याण्डको अर्थतन्त्र र पूर्वाधार क्रमशः ४८ र ५० स्थानमा छ तर शिक्षाको मापकमा यो राज्य २५औं स्थानमा रहेको छ । हवाई राज्य अर्थतन्त्र, पुर्वाधार, व्यवसायिक खर्च जस्ता मापक निकै कमजोर भएपनि जीवनस्तरको मापकमा पहिलो नम्बरमा छ ।

अमेरिकाको वित्तिय व्यवसायिक राजधानी न्यूयोर्क यो सुचिमा २७औं स्थानमा छ । यो राज्यको शिक्षा, जीवनस्तर र अर्थतन्त्र बलियो रहेको छ भने कामदार, पूर्वाधार र व्यवसायिक खर्च कमजोर रहेका छन् ।

जीवनयापनको लागि लाग्ने खर्चको आधामा मिसिसिपी उत्कृष्ठ रहेको छ । यहाँ निकै सस्तोमा वस्तु र सेवा पाईन्छ । मिसिसिपीपछि जीवनयापन खर्च कम भएको राज्यका मैने र ओक्लोहामा छन् ।

स्रोतः सिएनबिसी न्यूज
तस्वीरः गुगल खोज

प्रतिक्रिया