आइतबार, मंसिर २९ २०७६
काठमाडौं ०३:३७
वासिङटन डिसी 16:52

मिस फिलिपिन्स युएसए २०१९ को लागि नेपालकी छोरी मिराकल चन्द सशक्त प्रतियोगी

इनेप्लिज २०७६ असार २५ गते २२:४२ मा प्रकाशित

डिसी । अमेरिकाको क्यालिफोर्नियामा हुने मिस फिलिपिन्स युएसए २०१९ को लागि नेपालकी छोरी मिराकल चन्द सशक्त प्रतियोगीको रुपमा प्रस्तुत भएकी छिन । नेपाली मूलकी मिराकल चन्दका पिता समाज सेवी कर्ण चन्द हुन् । पिता कर्ण चन्द तथा शुभ चिन्तकहरुले उनलाई उक्त प्रतियोगितामा बिजयी गराउन नेपाली समुदायलाई मतदान गर्न आग्रह गरेका छन् ।

आगामी जुलाई २० सम्म मतदान गर्न सकिने हुनाले हरेक दिन मतदान गर्न सकिने छ । मतदान जुलाई २० मा समाप्त भएता पनि मिस फिलिपिन्स युएसए २०१९ को घोषणा जुलाई २१ का दिन हुने छ ।

मिराकल चन्द अग्र स्थान मै रहेकी थिइन् भने हाल उनि दोश्रो स्थानमा रहेको मतदानले देखाएको छ । उत्तम १० सम्म मिराकल चन्द पर्ने सम्भावना रहेको छ । कार्यक्रम क्यालिफोर्नियाको ग्लेनडेलमा स्थित २१६ नर्थ ब्रान्ड बलुभर्डको एलेक्स थेटर ( नाचघर) मा हुने छ ।

कार्यक्रम जुलाई २१ आईतबार साँझ ५ बजे हुने हुनाले यस क्षेत्रमा बसोबास गर्नु हुने सबै नेपाली समुदायलाई हौशला प्रदान गर्न सहभागिता जनाउन आग्रह गरिएको छ ।

मिराकल चन्द प्रतियोगी नं ६ हुन् भने उनलाई मिस तथा मिस योङ्ग फिलिपिन्स युएसए -मिस पपुलारिटीमा ( युवा तथा लोकप्रियता ) मा मतदान गर्नु पर्ने छ । यसका बिजयीहरु मात्र निर्णायक ( फाइनल) मा प्रवेश गर्न पाउने छन ।

नेपालकि छोरी भएकोले मिराकल चन्दलाई मतदान गरि बिजयी गराऔ । र निर्णायक (फाइनल) मा पनि बिजयी गराऔ ।

https://pageantvote.co/pageants/1355

 

 

प्रतिक्रिया