बुधबार, असोज २९ २०७६
काठमाडौं १०:५५
वासिङटन डिसी 01:10

“वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९″को फिनल्याण्डको लागि गायिका बिनिता लामीछाने चयन

इनेप्लिज २०७६ असार २५ गते २१:५५ मा प्रकाशित

 

अमेरिकाको न्युयोर्कमा पहिलो पटक हुन गइरहेको “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ ″को फिनल्याण्डको लागी एनआरएनए फिनल्याण्डका वर्तमान उपाध्यक्ष तथा चर्चित गायिका बिनिता लामीछाने चयन हुनु भएको छ ।

करिव १०० भन्दा ज्यादा गीतमा आवाज दिई सक्नु भएकी बिनिता गायिका संगसंगै सामाजिक संगठनमा कुशल एक सामाजिक अभियन्ता एवम सफल ब्यबसायी पनी हुनु हुन्छ ।

राष्ट्रीय लोक तथा दोहोरि गीत प्रतिस्ठान युरोप क्षेत्रको कोषाध्यक्ष गायिका बिनिता लामीछाने प्रत्यक्ष दोहोरिमा पनि एकदम नाम कहलीएकि हुन् । थूप्रै राष्ट्रीय पुरस्कार तथा अवार्डहरू जित्नु भएको छ ।

वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९ लाई सफल पार्न फिनल्याण्डबाट गायिका बिनिता लामीछानेले महत्वपूर्ण ज़िम्मेवारी निर्बाह गर्नु हुने छ ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ ″लाई भब्य रुपमा सम्पन्न गर्न यस अघि अस्ट्रेलिया , इजरायल , दक्षिण कोरिया , बेल्जियम क्यानाड़ा ,बेलायत र अमेरिकाको संयोजक चयन भै सकेको छ । अरु देशहरुको पनि संयोजक चुन्ने काम तीव्र रूपमा भैरहेको अवार्ड संयोजक सुमन बुढा मगरले बताउनु भएको छ ।

विशेष गरी पछिल्लो समय संसारको हरेक देशमा नेपालीहरू भएको हूनाले संसार भरिको कलाकारहरूको प्रतिष्ठाको सम्मानित अवार्ड बनाउने उद्देश्यले पनि संसारभरीबाट सम्मानित र प्रतिष्ठित ब्यक्तिहरू संयोजकमा चयन गर्न लागेको अवार्ड संयोजक मगरले जानकारी गराउनु भएको छ ।

साथै नेपाली गीतसंगीतलाई विदेशमा रहेको नेपाली यूबाहरूले नबिर्सियोस र अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत संगीतको प्रचार प्रसार तथा बिश्वभरीको कलाकारहरूको भावना एकै स्थानमा जमघट गराउन पनी यो अवार्ड कोशेडुंगा साबित हूने अवार्ड संयोजक बुढा मगरले जानकारी बताउनु भयो ।

वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आबेदन खुल्ला भैसकेको छ । जुन २१ देखि अगस्ट ३० सम्म बिश्वभरबाट आबेदन दिन सकिने पनि अवार्ड संयोजक सुमन बुढा मगरले बताए । आउदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।

प्रतिक्रिया