फिल्म निर्माता छविराज ओझाविरुद्ध अभिनेत्री पोखरेलले गरिन् उजुरी, डिभोर्स मागेको खुलासा

इनेप्लिज २०७६ असार २५ गते ११:०२ मा प्रकाशित

काठमाडौं । गुपचुप बिहे गरी सँगै बसेका फिल्म निर्माता छविराज ओझाविरुद्ध उनकी तेस्री पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसासम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पोखरेलको उजुरी परेपछि सो सम्बन्धमा छलफलका लागि बुधबार दुवैलाई बोलाइएको छ ।

अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि ओझाले पोखरेलसँग ०७३ को दशैंमा बिहे गरेका थिए । त्यसअघि नै ओझाले पोखरेललाई निर्मात्री राख्दै फिल्म पनि बनाएका थिए ।

छविले पोखरेललाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए । मंगलम, हवल्दार सुन्तलीलगायतका फिल्ममा पनि पोखरेलले अभिनय गरिन्, जुन ओझाकै व्यानरमा निर्माण भएको थियो ।

यसैबीच पोखरेलले ओझासँग डिभोर्स माग गरेकी छन् । सँगै बस्न नसक्ने भनी डिभोर्स मागेका कारण ओझाले आफूलाई घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी पुगेको बताइन्छ ।

प्रतिक्रिया