बस दुर्घटनामा तीनको मृत्यु, १७ घाइते

इनेप्लिज २०७६ असार २५ गते ८:०३ मा प्रकाशित

ओखलढुङ्गा, असार २५ गते ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ६ मा बस दुर्घटना भएको छ । काकडीभिट्टाबाट सा्लु जादै गरेको मे १ ख १८९१ नं को यात्रुबहाक बस दुर्घटना भएको हो । बुधबार विहान मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ को डडुवा डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा ड्राइभर सहित २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा बसका चलक पथरीया २ झापाका ४२ बर्षिय कृष्ण बहादुर बस्नेत, सोलु दुधकुण्ड नगरपालिका ५ का ५२ बर्षिय माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका १४ का ३० बर्षिय लाल बहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटनामा परी ३ जानाको घटन स्थल मै मृत्यु भएको र १७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठको भनाई छ ।

दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको छ भने अन्यको उदयपुरको घुर्मी्स्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यस घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया