मंगलबार, भदौ ३१ २०७६
काठमाडौं २०:२५
वासिङटन डिसी 10:40

नेपाली राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा प्रवक्ता तथा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी हर्षित

इनेप्लिज २०७६ असार २४ गते २३:५३ मा प्रकाशित

डिसी । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न नेपाली राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा एएनए का वरिष्ठ उपाध्यक्ष तथा सम्मेलनका प्रवक्ता तथा जन सम्पर्क अधिकारी खगेन्द्र अधिकारीले खुशी व्यक्त गर्नु भएको छ ।

साथै अधिकारीले व्यस्त समयको बाबजुद समय व्यवस्थापन गरि सम्मेलनलाई सफल बनाउन सहभागी हुनु हुने सबै प्रति आभार प्रकट गर्नु भएको छ ।अधिकारीले दोश्रो नेपाली राष्ट्रिय सम्मेलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने प्रदेश नं १ का मुख्य मन्त्रि माननीय शेरधन राई प्रति आभार व्यक्त गर्नु भएको छ ।

अधिकारीले वहा यहाँ आएर नेपालको विकासको लागि हाम्रा ज्ञान,शीप ,अनुभव लाई मातृभूमिको लागि सहयोग गर्न गर्नु भएको आग्रह नै हाम्रो लागि काफी छ भन्नु भयो । साथै मुख्य मन्त्रिले धेरै राम्रा कुराहरु पस्कनु भएको र वहा धन्यबादको पात्र भएको बताउनु भयो ।

यस पटकको सम्मेलन अझ परिणाममुखी र उद्धेश्य मूलक रहेको बताउनु भयो । वहाले अहोरात्र खट्ने सम्पूर्ण स्वयम् सेवक ,आयोजक समितिका पदाधिकारी ,बिभिन्न समुदाय सदस्यहरु प्रति बिशेष धन्यवाद दिन चाहेको बताउनु भयो ।

अधिकारीले प्रमुख अतिथि ,बिशेष अतिथि ,आमन्त्रित अतिथि ,नेपाल लगायत अन्य देश ,अमेरिकाका विभिन्न राज्यहरुबाट आउनु भएका व्यक्तित्वहरु ,डिसी महानगर क्षेत्रका विभिन्न नेपाली समुदाय सदस्यहरुको सहभागिताले सम्मेलनले ऐतिहासिक सफलता हासिल भएको बताउनु भयो ।

अधिकारीले हाम्रो निम्तोलाई स्वीकार गरि पाल्नु हुने सबै प्रति आभार प्रकट गर्नु भएको छ । गत जुलाई ५ देखि ७ सम्म संचालन भएको उक्त दोश्रो राष्ट्रिय सम्मेलनमा बिभिन्न फोरम ( गोष्ठी) ,बालबालिकाको प्रतिभा प्रतियोगिता ,हास्य कविता महोत्सव ,सांस्कृतिक कार्यक्रम र अमेरिकी पूर्व राजदुत पिटर बोडे , डा स्वर्णिम वाग्ले लगायतको कार्यक्रमले सबैको ध्यानाकर्षण गरेको बताउनु भयो ।

अधिकारीले अब यो नेपाली राष्ट्रिय सम्मेलन अझ मजबुत हुने र बिस्तार हुने विश्वास लागेको बताउनु भयो । ४ वटा संस्थाहरु आयोजक र ८ वटा संस्थाहरु सह आयोजक हुनु समाजमा राम्रो संदेश गएको बताउनु भयो । अझ यो संख्या बढ्ने र यो सम्मेलनले सबैको विश्वास जितेको आफूलाई लागेको बताउनु भयो ।

सम्मेलन सभापति विजय श्रेष्ठको भूमिका अतुलनीय रहेको बताउनु भयो । अधिकारीले राजदुत डा अर्जुन कुमार कार्की,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बानाका अध्यक्ष सुबोध पन्त लगायत बाना परिवार ,अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली ,महा बाणिज्य दूत प्रेम राजा महत ,नेपाली कांग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरि ,नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे ,राप्रापा विदेश बिभागका प्रमुख प्रेम कुमार श्रेष्ठ ,आन्माका अध्यक्ष बलराम पन्थी राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापा ,नेपाली कांग्रेस महिला संघकि केन्द्रिय सदस्य भद्रा भण्डारी ,नागर्जुन नगर पालिकाका नगर प्रमुख मोहन बस्नेत ,डा अम्बिका अधिकारी ,डा गोपी उप्रेती ,संचार माध्यम ,आयोजक समिति ,प्रायोजन गर्नु हुने सबै लगायत बिभिन्न सामाजिक अभियन्ताहरुको सहयोग ,सद्भाव र अथक प्रयासबाट सम्मेलनले ऐतिहासिक सफलता प्राप्त गरेकोमा आफू निकै उत्साहित भएको बताउनु भयो ।

प्रतिक्रिया