मंगलबार, भदौ ३१ २०७६
काठमाडौं १९:१५
वासिङटन डिसी 09:30

हिमालयन लायन्स क्लब र अक्षय कोष

इनेप्लिज २०७६ असार २४ गते २२:३४ मा प्रकाशित

सन २००९ सालमा गठनको तयारिमा रहेको हिमालयन लायन्स क्लब, बस्टन वरपरका साथिहरुको सहयोगमा सन २०१०  को मार्च दश मा चार्टर भएको थियो।लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला “३३ के” म्यासाच्यूसेट्स को ४६ औँ क्लबको रुपमा गठित यो क्लबलाई साईबर क्लब भनिन्छ।बोस्टन वरपरको नेपाली र अरु सबै खालका समुदायहरुमा यो क्लबले सक्दो सहयोग गर्दै आएको छ। मुख्य सहयोग थलो नेपाल बनाएको यो क्लबमा गत बर्ष सम्ममा ४८ जना लायन्सहरुले सदस्यता लिई सकेका छन्।महिनाको पहिलो आईतबार हिमालयन बिष्त्रो, बोस्टन (नेपाली रेष्टुरेन्ट)मा साँझ ६ बजे रेगुलर बैठक गर्छ यो क्लब।

आफ्ना सुरुकै दिन अर्थात सन २०१० सालमै आफ्ना बिभिन्न कार्यक्रमहरु ऊदघोस् गरेको यो क्लबले नेपालमा पिछडिएका जनजातिहरु पढने प्राथमिक बिद्धालयहरुमध्य बर्षको एउटा बिद्धालयलाई १५०० यू एस डलर दिने निर्णय गर्यो। यसको नाम “poor kids back to school program” भन्ने राखियो। यस्को लागी पैसा संकलन गर्ने कार्य सजिलो थिएन। तर “जहाँ ईच्छा त्यहाँ ऊपाय” भनेझैँ टोक्रा बितरण गरि नगद सकंलन गर्ने र ऊक्त रकमलाई गरिब बच्चाहरुको पढाईमा खर्च गर्ने निर्णय गर्यो यो क्लबले।

कार्यक्रम हेर्दा त्यति ठुलो वा चर्चामा ल्याई हाल्नु पर्ने पनि हैन। तर यसको एउटा कथा छ| यसको सुरुवाति कथा। जतिबेला यो लायन्स पनि थिएन| र यसले गरेको सकारात्मक प्रचार र अनुभवको कुरा हो।

अमेरिकामा नेपाली जन सम्पर्क समितिको पहिलो आधिकारिक कार्य समिति गठन सन २००७ मा भएको थियो र यस्को “मात्रि भूमिका लागी माहिनाको एक डलर” भन्ने कर्यक्रमको म सदस्य सचिब थिए। तर कार्य समितिमा बिबाद सुरु भएपछि यो काम पनि ठप्प हुन लाग्यो। यो भन्दा अगाडि नै “मात्रि भूमिका लागी माहिनाको एक डलर” कार्यक्रमले नेपालका गारिब र दलित बिध्यार्थि पढ्ने प्रा बि स्कुललाई १५०० यू एस डलर बराबरको अक्षय कोष राखि दिने निर्णय गरेको थियो। सँस्थामा अस्थिरता बढेपछि काम हुने कुरै भएन। हामिले यसमा ऊठेको रकमलाई प्रयोग नगरि साथि भाईहरुको सहयोगमा रु.१०८००० बराबरको डलर उठाएर पहिलो कोष- पर्बत, फलेबासको चन्दने प्रा बि मा पठाइयो। यसरि यसको सुरवात भयो।

जन सम्पर्कलाई राजनीतिगत भन्दा पनि सामाजिक सँस्था बनाइनु पर्छ भन्ने धारणा मा थियो र छ पनि। यस सँस्थाको अर्को निर्बाचनमा पनि हामिले“मात्रि भूमिका लागी माहिनाको एक डलर” को नारा फेरि ल्याउन मन्चबाटै अनुरोध गरियो तर यस्को कर्यान्वयन भएन। सबैले राजनीति र आफुलाई मात्र अघि बढाउन खोजेपछि सामाजिक काम अघि बढन सकेन।

यस्तै अक्षय कोष कार्यक्रमलाई म अध्यक्ष हुँदा यसै लायन्स क्लब मार्फत स्थाई प्रोजेक्टको रुपमा सुरुवात गरियो। र आज सम्म सक्रिय रुपमा चलेको छ। यो कार्यक्रम आफु मात्रै चलेन अरु ब्यक्ति र सँस्थालाई पनि अक्षय कोषको बारेमा प्रचार गर्यो। यस्तो काम गर्न बानी पनि बसालि दियो। यसैको देखा सिखि र यस्तो कार्याक्रमले गरेको कामको प्रभाव देखेर मेरो बुवागोबिन्द पन्त(लामो समय मा बि प्र अ र हाल पेन्सन हुनु हुन्छ)ले आफ्नो पेन्सनको पैसा ऊपयोग गर्दै ऊहाँको बुवा र आमाले अक्षर चिनेको स्कुललाई एक एक लाखको अक्षय कोष राखेर ऊदाहारणिय काम गर्नु भयो| रकम ठुलो भन्दा पनि यस्ले स्कुल जान मन भएर पनि जान नसक्ने हाम्रो समाजका गरिब केटाकेटीहरुलाई सानो भने पनि सहयोग भएको छ। साहित्यकार कालीभक्त कृष्णा पन्त फाऊन्डेसन्ले पनि यस्तो जन सेवि कार्यक्रमको सुरुवात गरेको छ।

आज सम्मको रेकर्ड हेर्दा हिमालयन लायन्सले मात्र यसै प्रोजेक्टबाट बिराटनगारमा डलर५००० (लाईब्रेरीलाई) र सातवटा प्रा बि स्कुललाई १५०० डलर बराबर १०५०० अमेरिकि डलर अक्षय कोषमा राखि सकेको छ। जस्ले गर्दा ति स्कुलहरुमा बर्षको लगभग एक लाख नेपाली रुपियाँ सहयोग हुने गरेको छ। “खति भन्दा खाँचो ठुलो” भनेझैँ सानो रकम भए पनि काम ठुलो भएको महसुस् गरेका छन् ति स्कुलका गरिब जेहेन्दार बिध्यार्थिहरुले।

यस्तो मानव सेवि कार्यक्रमलाई अझै सक्रिय र ब्यबस्थित पार्न यस क्लबका सबै लायन्स साथिहरु लागि परेका छन्। सबैको सहयोग हुँदै गए बर्षको एउटा हैन दुईतिनवटा स्कुललाई पनि सहयोग गर्न सकिने कुरा यस क्लबका अध्यक्ष बतउछन्।

महेश्वर पन्त

क्लब चार्टर प्रेसिडेन्ट

प्रतिक्रिया