मंगलबार, भदौ ३१ २०७६
काठमाडौं २०:१२
वासिङटन डिसी 10:27

बाल्टिमोरकी महिला समाज सेवी अनु श्रेष्ठ वन्तले आफ्नो जन्म दिनमा बानालाई पाँच हजार डलर सहयोग ,कूल दश हजार प्रदान

विजय थापा २०७६ असार २४ गते २२:२७ मा प्रकाशित

डिसी । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएकी महिला समाज सेवी ,व्यवसायी तथा बानाकि निवर्तमान अध्यक्ष अनसुया श्रेष्ठ वन्तले आफ्नो जन्म दिनमा बाना सामुदायिक भवनलाई पाँच डलर प्रदान गर्दै कूल दश हजार डलर सहयोग गरेकी छिन् ।

समाज सेवी ,सफल व्यवसायी र कलाकार अनुले बाल्टिमोर स्थित बाना भवनको लागि संस्थाले बोकेको ऋणलाई केही सहयोग हुने भन्दै पहिले नै पाँच हजार डलर दिएको भएता पनि जन्म दिनमा थप पाँच हजार डलर दिएकी छिन् ।

करिब ३ दशक अघि मातृभूमि नेपालबाट अमेरिका आएर विभिन्न आरोह – अवरोह पार गर्दै सम्भवत कलाकारहरुमा पहिला अमेरिका आउने मध्ये कै एक उनि हुन । नेपाल बाट न्यु योर्क हुदै बाल्टिमोरमा आई बसोबास गर्दै आएकी अनु श्रेष्ठ गत जुलाई ५ देखि ७ सम्म सम्पन्न नेपाली राष्ट्रिय सम्मेलनकि पहिलो दिनको सांस्कृतिक साँझ को संयोजकको भूमिका निर्वाह गरेकी थिइन् ।

उनले उक्त रकम दिने घोषणा गरे पछि बानाका अध्यक्ष सुबोध विलास पन्त तथा कार्यसमिति परिवारले धन्यवाद दिएको छ । अनु सन २००९ मा बानाको साधारण सदस्य हुदै सन् २०१७-१९ को लागि अध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

अनसुया श्रेष्ठ वन्तले संस्थामा प्रवेश गरेको एक दशक र आफ्नो जन्मदिनको शुभ अवसर पारेर बाना सामुदायिक भवनको लागि पाँच हजार डलर सहयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले नेपाली राष्ट्रिय सम्मेलनमा पनि आफूले उक्त रकम दिएको भन्दै सबैलाई बाना सामुदायिक भवनको लागी सहयोग गर्न आव्हान समेत गरिन । उनले अमेरिकामा मात्र नभई यस्ता समाज सेवामा आफूले सक्ने आर्थिक सहयोग गर्ने गरेकी छिन ।

प्रतिक्रिया