सोमबार, भदौ २ २०७६
काठमाडौं ०६:११
वासिङटन डिसी 20:26

ए एन के ए (ANKA) द्वारा रक्तदान कार्यक्रम सम्पन्न

अर्जुन थापा २०७६ असार २४ गते २१:०५ मा प्रकाशित

अमेरिकाको लेक्जिन्टनमा अवस्थित स्थानीय सस्था ए एन के ए (ANKA) द्वारा गत आइतबार केन्टकी ब्लड सेन्टर संगको सहकार्यमा “रक्तदान जीवनदान” मूलनारा सहित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सस्थाले गर्ने विभिन्न सामाजिक कार्य अन्तर्गत रक्तदान पनि गर्दै आएको छ । रक्तदान नजिकैको जकोब्सन पार्कमा आयोजन गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ३० जना दाताहरुको सहभागिता रहेको थियो । सस्थाले लोककल्याणकारी तथा सामाजिक कार्य गर्दै आएको छ ।

उक्त रक्तदान कार्यक्रममा सस्थाका अधक्ष्य लक्ष्मी खड्काले सस्थाले गर्ने विभिन्न सामाजिक कार्य अन्तर्गत रक्तदान पनि एक हो जुन बिगतका सस्थाहरुले गर्दै आएका थिए त्यसैको निरन्तरता हो भन्नु भयो यस्तो रक्तदान प्रत्येक तिन महिनामा गर्ने योजना रहेको समेत बताउनु भयो ।

सस्थाले गर्ने हरेक काममा सबैको सहयोग र सहभागिता रहेको र सधै यस्तै सहयोग र जनसहभागिताको आशा राखेको बताउनु भयो ।

सबैको समान सहयोगले गर्दा सस्थाले राम्रा राम्रा कार्यहरु गर्दै आएको बताउनु भयो । भविष्यमा पनि सबै लेक्जिन्टन तथा यस वरिपरि बस्ने सबैको साथ र सहयोग रहनेमा पूर्ण आशा रहेको बताउनु भयो ।

प्रतिक्रिया