वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को लागि क्यानडाको लागि देविका केसी चयन

इनेप्लिज २०७६ असार २४ गते १४:११ मा प्रकाशित

 

 

अमेरिकाको न्युयोर्कमा पहिलो पटक हुन गइरहेको “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ “ को क्यानाडाको लागी एनआरएन आइसीसी सदस्य बहूचर्चित गायिका देविका केसी चयन हुनु भएको छ क़रीब ५०० भंदा बढि गीतमा आवाज़ दिई सकनु भएकी गायिका देविका केसीलाई सुन्दरी लोक गायिका भनेर पनी उपमा दिने गरिन्छ ।

नेपाल राष्ट्रीय लोक तथा दोहोरि गीत प्रतिस्ठान नेपालको पुर्ब केन्द्रीय सदस्य तथा आजीवन सदस्य देविकाले अहिले सम्म (लोक दोहोरि अवार्ड एनटीभी २००४ ,लोकदोहोरि अवार्ड २००२
टूबर्ग दोहोरि प्रतियोगिता २००४ ,रेडियो नेपाल अवार्ड २००४
बहूप्रतिभाशाली अवार्ड २०१० ,नेपाल लोकदोहोरि सांस्कृतिक व्यवसायी अवार्ड २००५ ,राष्ट्रीय दोहोरि गीत प्रतिस्ठान अवार्ड २००६ आरटीडीसी सिक्किम अवार्ड २००७ ,दोहा लोकदोहोरि अवार्ड २०१४ ,ओएस अवार्ड २०१७ गरी क़रीब एक दर्जन राष्ट्रीय पुरस्कार तथा अवार्डहरू जीती सकनु भएकी छिन।

वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९ लाई सफल पार्न क्यानाड़ाबाट गायिका केसीले महत्वपूर्ण ज़िम्मेवारी निर्बाह गर्ने छिन ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९″लाई भब्य रुपमा सम्पन्न गर्न यस अगि अस्ट्रेलिया , इजरायल , दक्षिण कोरिया , बेल्जियम बेलायत र अमेरिकाको संयोजक चयन भैसकेको छ । अरु देशहरुको पनि संयोजक चुन्ने काम तीव्र रूपमा भैरहेको अवार्ड संयोजक सुमन बुढा मगरले बताएका छन ।

विशेष गरी पछिल्लो समय संसारको हरेक देशमा नेपालीहरू भएको हूनाले संसार भरीको कलाकार हरूको प्रतिष्ठाको सम्मानित अवार्ड बनाउने उद्देश्यले पनी संसारभरीबाट सम्मानित र प्रतिष्ठित ब्यक्तिहरू संयोजकमा चयन गर्न लागेको अवार्ड संयोजक सुमन बुढा मगरले बताए ।

नेपाली गीतसंगीतलाई विदेशमा रहेको नेपाली यूबाहरूले नबिर्सियोस र अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत संगीतको प्रचार प्रसार तथा बिश्वभरीको कलाकारहरूको भावना एकै स्थानमा जमघट गराउन पनी यो अवार्ड कोशेडुंगा साबित हूने अवार्ड संयोजक सुमन बुढा मगरले जानकारी गराए ।

वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आबेदन खुल्ला भैसकेको छ । जुन २१ देखि अगस्ट ३० सम्म बिश्वभरबाट आबेदन दिन सकिने पनि अवार्ड संयोजक सुमन बुढा मगरले बताए । आउदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।

प्रतिक्रिया