दृष्टि विहिन व्यक्तिहरूका लागी अगरवत्ति तालीम संपन्न

इनेप्लिज २०७६ असार २४ गते १:४७ मा प्रकाशित

“सिप सिकौ आत्म निर्भर बानौ” भन्ने मूल उदेस्यका साथ पोखरा म.न.पा. वडा नं. १७ को सहयोग रु: ५०,००० को लागतमा दृष्टि विहीन सहयोग तथा स्वरोजगार संस्थाद्वारा पाँच दीने अगरवत्ति तालिमको आयोजना गरिएको छ ।

उक्त तालीम २०७६ अषाढ १७ गते शुरु भई २१ गते विहान भण्डारढिक आदर्शचोकमा समापन कार्यक्रम सम्पन्न भयो। करिब १५ जनाले तालिम प्राप्त उक्त समापन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष मिना थापा मगर एवं मुख्य अथिति वडा नं. २९ को वडा अध्यक्ष चेत बहादुर गुरुङ्गले गर्नु भएको थियो। सम्पूर्ण अथिति गणहरुको आशनग्रहण पछि सचिव दण्डपानि ढकालले तालिमबारे प्रकाश पार्दै झोल साबन तथा फिनोरल जस्ता सामग्री बनाउने तालिम पाउने अवशर पाउन पाए धेरै सहयोग हुने कुरा बताए।

संस्थाको निर्देशक शन्त परियारले तालिम प्राप्त साथीहरुलाई मेहनत र लगनशीलताका साथ सिकेको सीपलाई सदुपयोग गर्ने सल्लाहा दिए। त्यस्तै प्रशिक्षार्थी राजन श्रेष्ठले उक्त तालिमबाट आफुले धुप कसरि बनाउने भन्ने सिप जाने पछि आत्म निर्भर जिउने साहस आएको बताए। बिशेष अथिति होटेल दिदीकी संचालक विष्णु गुरुङ एकताले आफूसँग नभएको कुरामा हैन आफूसँग भएको कुरालाई ध्यान दिएर अगाडी बढ्नु पर्ने कुरा बताईन्।

मुख्य अथिति चेत बहादुर गुरुङले वडाबाट यस्ता बिशेष क्षमता भएका व्यक्तिहरुलाई सहयोग गर्नु पर्ने कुरामा आफु जहिले पनि सकारात्मक रहने र प्रदिस्पर्दाको जमाना भएकोले सामाग्रीको गुणस्तर राम्रो गर्नु पर्ने धारण राख्नु भयो। कुल बहादुर परियारले मीठो बाँसुरी धुन दीएर कार्यक्रमलाई रोचक बनाए।

र, अन्तिममा अध्यक्ष मिना थापाले आफुले यस तालिमको प्रशिक्षण गर्न पाएकोमा धन्य ठान्दै सहयोगी एवं तालिममा सहभागी साथीहरु र सम्पुर्णलाई धन्यवाद दिदै सभा बिसर्जन गरिन्। कार्यक्रम संचालन संस्थाको सल्लाहाकार कृष्ण भुजेलले गरेका थिए ।

प्रतिक्रिया