मंगलबार, भदौ ३१ २०७६
काठमाडौं २०:४६
वासिङटन डिसी 11:01

एक नेपालीको ४९ दिन देखि भर्जिनियाको शवगृहमा बेबारिसे लाश

डिग बहादुर तामांग २०७६ असार २४ गते १:२३ मा प्रकाशित

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,

एक नेपालीको ४९ दिन देखि भर्जिनियाको शवगृहगृहमा बेबारिसे लाश फेला परेको जानकारी प्राप्त भएको छ । वहा स्व दान बहादुर तामांग र दोलखा जिल्लाबासी भएको पत्ता लागेको छ । स्व तामांगको शरिर मृत अबस्थामा भर्जिनियाको फेयरफ्याक्स काउन्टीका प्रहरीले मे महिनाको अन्त्यतिर कुनै पार्कमा फेला पारेको बुझिएको छ ।

नेपाली हो भनेर ठम्याईपछि मे महिनाको २८ तारिखको दिन नेपाली राजदूताबासमा खबर भएको बुझिएको छ । तर दुर्भाग्यवस मृतकको साथमा नेपाली राहदानी नभएको कारण दूताबासले नजिकको नातालाई वा तामांग सोसाइटी ग्रेटर वाशिंगटनलाई खबर गर्न नसकेको अबस्था बन्यो ।

सुकिला इन्दु समाजका चार जात छतिस बर्णका जोसुकै हुन् धनि ,गरिब, अग्ला होचा महिला पुरुष अथवा कुनै प्राणीले जन्मेपछि मृत्युलै स्वीकार्नु पर्छ मृत्युको पनि आफ्नै प्रकार छ सास्वत सत्य हो ।

कुनै समय तत्कालिन नेपाली शाही सेनाका पूर्व हवल्दार अमेरिकाको सुनौलो सपना बोकेर कुनै तत्कालिन सैनिक सहचारी महासेनानिको परिचरको रुपमा तत्कालिन वाशिंगटन डिसी १९९८ तिर आएका थिए ।

मक्लिनको एउटा भोजनालयमा काममा लागे पछि यस क्षेत्रमा सबैभन्दा ठुलो दर्ज सेफ बन्नु भो । उँहाको सबैभन्दा प्यारो संस्था तामांग सोसाइटी ग्रेटर वाशिंगटनका सदस्य बनेर हरेक काममा अघि सरेर काम गर्नु हुन्थ्यो ।

खबर नगरेको कारण मृतकको लास ४९ दिनसम्म अमेरिकाको मोर्गमा बेबारिसे अवस्थामा बसेको छ । नेपालीहरुले थाहा पाए पछि, दह संस्कार गर्न उहाँकी छोरीलाई आफ्नो बाबुको अनुहार देखाउन अमेरिकामा झिकाउन नेपाली राजदूतवास र तामांग सोसाइटी ग्रेटर वाशिंगटन पदाधिकारीहरु लागि परेका छन् ।

यदि विदेश स्थित जाँदा आफ्नो राहदानी साथमा बोकेर हिंडेको भए, राहदानीको पछिल्लो पानामा नजिकको नाताको नाम ठेगाना र फोन नम्बर लेखेको भए राजदूताबासले तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न सक्थ्यो ।

हाम्रा देशको राहदानीमा पनि कुनै पनि नेपाली राहदानी वाहकले जहा जाने हो आफ्नो दूताबासमा खबर गर्नुहोला भनेर लेखिएको छ । हाम्रो राहदानीमा, कुनै पनि राजदूताबास प्रथम कर्तब्य भनेको आफ्नो देशका नागरिकको सुरक्षा गर्नु हो ।

यो घटनाले मृतको आफन्तमा अन्याय महसुस भएको छ । किनकि समयमा खबर पुर्याउन सकिएन । बुद्धमार्गीहरुको चलन अनुसार बिभिन्न प्रकार प्रार्थनाहरु गर्नु पर्ने हुन्छ ।

आज ४९ दिन पुगेकोले उहाँको नाममा तामांग सोसैत्य्ले पूल्स्विल्स स्थित निग्मा परम्परा अनुसार प्रार्थना सभा हुदैंछ | महसुस गरि रहनु भएको छ, नेपाली राजदूतावासको के काम ? हाम्रो मानिसको यस्तो अबस्थमा पुग्दा पनि हामीले खबर नपाउनुको कारण के ?

 

प्रतिक्रिया