मेरिल्याण्डकि नेपाली मूलकी एक मात्र घोडे पोलो तथा हात्ती पोलो खेलाडी केमिका भण्डारीलाई कार प्राप्त

इनेप्लिज २०७६ असार २४ गते ०:४२ मा प्रकाशित

 

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी नेपाली मूलकी सम्भवत एक मात्र घोडे पोलो तथा हात्ती पोलो खेल्ने महिला खेलाडी केमिका भण्डारीले कार (निजि सवारी साधन ) जितेकी छिन् ।

उक्त निजि सवारी साधन बाना द्वारा संचालित भाग्यशाली चिट्ठाबाट उनलाई कार प्राप्त भएको हो । अमेरिकाको मेरिल्याण्ड राज्यमा सन् २००५ मा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना ) ले आफ्नै भवन खरिद गरि त्यसलाई आर्थिक सहयोग होस् भन्ने हेतुले आयोजना गरिएको चिट्ठा केमिका भण्डारीले जितेकी हुन् ।

उक्त चिट्ठा किन्न १८ बर्ष माथिको हुनु पर्ने नियमको साथै टिकट दर ५० डलर राखिएको थियो । उक्त चिट्ठा गत जुन ३० का दिन बाना द्वारा आयोजित बनभोज कार्यक्रममा खोलिएको थियो ।

भण्डारीलाई नेपाली राष्ट्रिय सम्मेलनमा सम्मेलनका प्रमुख अतिथि प्रदेश नं १ का माननीय मुख्य मन्त्रि शेरधन राई तथा राजदुत डा अर्जुन कुमार कार्कीले सयुक्त रुपमा समारोहमा उक्त कारको प्रमाण पत्र प्रदान गरेका थिए ।

उक्त कार प्राप्त गरे पछि भण्डारीले हर्षले गदगद भएको बताइन । आफूले जित्छु जस्तो नलागेको तर समुदायको लागि सहयोग गर्न भनेर किनेको बताइन । कार आफूले प्रयोग गर्ने भन्दै बानाको गुठियार (ट्रस्टी) सदस्य बनेकी छिन । गुठियार सदस्य शुल्क ५ हजार डलर रकम पुरै चुक्ता गरेकी छिन् ।

प्रतिक्रिया