मंगलबार, भदौ ३१ २०७६
काठमाडौं २०:३९
वासिङटन डिसी 10:54

अमेरिकामा ईटाली बाट आउनु भएकी बिश्व ईनासका कोषाध्यक्ष राधी क्षेत्रीलाई स्वागत

इनेप्लिज २०७६ असार २३ गते २३:४५ मा प्रकाशित

डिसी। ईनास अमेरिकाको पहलमा अमेरिकामा बिश्व ईनासका कोषाध्यक्ष तथा ईटाली ईनासको संरक्षक राधी क्षेत्रीलाई स्वागत गरिएको छ । छोटो समयको लागि र छोटो सूचनामा आयोजना गरिएको भेटघाट तथा स्वागत कार्यक्रम डिसी महानगर क्षेत्रको आशबर्न शहरको एवरेस्ट किचेन चमेना गृहमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा अमेरिका ईनासका अध्यक्ष आनन्दु लामा ,उत्तर अमेरिकाका क्षेत्रीय संयोजक तथा ईनास अमेरिकाको प्रमुख सल्लाहकार हरि शर्मा, ईनास अमेरिकाका सचिव कृष्ण श्रेष्ठ ,ईनास भर्जिनिया शाखाका सभापति गोविन्द श्रेष्ठ ,कलाकार तथा मोडल ( नमुना) रिमा केसी ,कलाकार राहुल केसी ,अंकुस नेपाल लगायतको उपस्थिति रहेको थियो ।

उक्त भेटघाट कार्यक्रममा ईनासका अध्यक्ष आनन्दु लामाले ईनास अमेरिकाका गतिबिधि बारे जानकारी गराउनु भएको थियो । लामाले छोटो समयमा अमेरिकाले निकै राम्रो कार्यक्रमहरु सम्पन्न गरेको बताउनु भयो । वहाले अक्टोबरमा काठमाडौँमा सम्मेलन हुने सहभागी हुन् आग्रह समेत गर्दै ईनास ७२ वटा शाखा विस्तार गर्न सकेकोमा गर्व लागेको बताउनु भयो ।

ईनास केन्द्रका अध्यक्ष पुष्प बडुवालको नेतृत्वमा ईनास को विकासमा ठुलो देन रहेको र छोटो ईतिहासमा ७२ वटा शाखा विस्तार गर्न सकेकोमा गर्व लागेको बताउनु भयो । ईनास आफ्नो संस्कृति तथा कला संरक्षण र सम्बर्द्धन गर्न अहम भूमिका निभाएको बताउनु भयो ।

यसै गरि महा सचिव कृष्ण श्रेष्ठले पनि अमेरिकामा समयको अभाव र व्यस्त भएको कारण नियमित रुपमा भेटघाट हुन् अलिक नसकिएको बताउनु भयो । तथापी श्रेष्ठले ईनास अमेरिकाले बिगतमा काम गरेको प्रकाश पार्नु भयो ।

यसै गरि हरि शर्माले ४ बर्ष अगाडी अमेरिकामा स्थापना भएको यो संस्था यही देशको कानुन अनुसार गैर मुनाफा संस्थामा दर्ता भएको बताउनु भयो ।
अक्टोबरमा काठमाडौँमा सम्मेलन हुने भएकोले सबैलाई आमन्त्रण गर्नु भयो ।

अतिथि राधि क्षेत्रीले आफू ईनासमा स्थापना काल देखि नै काम गरेको बताउनु भयो । वहाले ईनास अमेरिका प्रति आभार व्यक्त गर्नु भयो । ईनासले राम्रो गर्न सकोस र ईनासमा लाग्नु भन्दै शुभकामना दिनु भयो । सबैले राखेका कुरा अभिरुचि पूर्ण सुनेर धन्यवाद दिनु भयो ।

स्मरण रहोस ,ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामा कराते खेलाडीको साथै अन्तरराष्ट्रिय प्रशिक्षक पनि हुनु हुन्छ । देशको नाम उच्च राख्न बिश्व भर वहाको नेतृत्वमा विभिन्न राष्ट्रमा सम्पन्न भएको खेलमा खेलाडीहरुलाई पदक दिलाउन सफल भएको बताउनु भएको छ ।

त्यति मात्र हैन खेलाडीको साथै बासुरी बजाउन ,अभिनय गर्न पनि कहिले पछि नहट्ने लामाको कार्यकाल अब अगस्तमा २०१९ मा सकिने छ । अब नयाँ नेतृत्वमा युवाहरु को प्रवेश होस् भन्ने आफ्नो चाहना समेत रहेको बताउनु हुन्छ ।

यसको अतिरिक्त लामा नेपालका प्रसिद्ध ड्रमर (ढोलके )देव राना पछि राम्रो बजाउनेमा पर्दछन । ईनास अमेरिकामा लामाले स्थापना गर्दै अमेरिकाका विभिन्न राज्यहरुमा शाखा बिस्तार गर्न पहल गर्नु भएको छ ।

meet and greet with the Secretary General of INAS “ITALY” RADHI CHETRI

Posted by Enepalese on Sunday, July 7, 2019

प्रतिक्रिया