डा. डीआरलाई प्रेमको तिर्खा (भिडियोसहित)

इनेप्लिज २०७६ असार २३ गते २३:२३ मा प्रकाशित

काठमाडौं,

डा. डीआर उपाध्यायका यतिवेला दैनिक जसो गीतका भिडियो सार्वजनिक भइरहेका छन् । केही समय अघि एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेका उनले त्यसको केही समय पछि तीन एल्बम सार्वजनिक गरेका थिए । तिनै एल्बमका गीतका भिडियोहरु यतिवेला दैनिक जसो सार्वजनिक भइरहेका छन् । उनको पछिल्लो गीत ‘प्रेमको तिर्खा…’को भिडियो सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत र शाहस साक्यको एरेञ्ज रहेको गीत ‘प्रेमको तिर्खा…’को भिडियो सार्वजनिक भएको हो ।

प्रहिल कार्कीको निर्देशन रहेको यो गीतको भिडियोमा सुवेक्षा, प्रविन, करण, सुनिल र विभुतिलाई फिचरिङ गरिएको छ । विनय तामाङले छायाँकन गरेको भिडियोमा माधव वेल्वासेको सम्पादन रहेको छ ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

केही दिन पहिला गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा. डीआर उपाध्यायलाई वर्ष ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर…’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया