शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०२:३१
वासिङटन डिसी 16:46

बाल्टिमोरमा सम्पन्न पहिलो बालबालिका प्रतिभा प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न

इनेप्लिज २०७६ असार २३ गते १०:४६ मा प्रकाशित

डिसी । गत जुलाई ५ देखि ७ सम्म संचालन भएको नेपाली राष्ट्रिय सम्म्मेलनमा आयोजना गरिएको प्रथम बालबालिका प्रतिभा प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगिता अन्तर्गत विभिन्न बिधाहरुमा ४४ जना प्रतिभावान नेपाली बालबालिकाहरुको सहभागिता भएको थियो । उक्त प्रतियोगिता अत्यन्तै प्रतिस्पर्धात्मक रहन गएको थियो ।

उक्त प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय लाई मात्र पुरस्कार वितरणको साथै नगद प्रदान नगरि प्रोत्साहन स्वरुप १० जना सहभागीहरुलाई प्रमाण पत्रको साथै नगद प्रदान गरिएको थियो ।

उक्त प्रथम प्रतिभा प्रतियोगितामा प्रथम प्रथम परि बास्तोला भएकी थिइन् भने उनलाई नगद पुरस्कार $१,००० डलर तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यसै गरि दोश्रो हुन सफल रिचल बैधलाई नगद तथा पुरस्कार $५०० डलर तथा प्रमाणपत्र, र तेस्रो हुन सफल कृपा ढकाललाई पदक तथा नगद पुरस्कार $३०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसै गरि सर्वोकृष्ट १० मध्येका अन्य ७ उत्कृष्ट प्रतियोगीहरुलाई पदक ,नगद पुरस्कार $१५० डलर सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा पुरस्कारहरु स्थानीय समाजसेवीहरु तथा ब्यबसायीहरुले आफ्नै हातबाट बिजयी बालबालिकाहरुलाई पुरस्कार उपलब्ध गराएका थिए ।

यसै गरि नृत्यमा चौथो हुने सुयक्षा नेपाल ,पाचौ हुने प्रसिद्ध कतिला ,खेलकुदमा क्रमस कृषा कार्की ,एलेन शाही तथा रोशन भण्डारी छैठौ ,नृत्यमा सातौ स्थान हुने रोष्की पौडेल तथा रुबी पौडेल ,संगीतमा आठौ स्थान प्राप्त गर्ने ऐश्वर्य निरौला ,नृत्यमा नवौ स्थान तनुजा बुढाथोकी र दशौ स्थान हुने प्रिशा गैरेलाई नगद तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया