अशक्त श्रेयाको SEE मा अब्बल नतिजा ! जन्मजात कान नसुन्ने भएपनि CA पढ्ने !!

इनेप्लिज २०७६ असार २३ गते १०:२६ मा प्रकाशित

यीनी हुन् १८ वर्षिया श्रेया शाक्य । जन्मजात कान नसुन्ने समस्याले असामान्य श्रेयाले भर्खरै एइइ परिक्षामा राम्रो नतिजा हात पारेकी छन् । श्रेया यतिबेला असामान्य भएका व्यक्तिले पनि सामान्य स्कुलमा पढेर राम्रो गर्न सक्छन् भन्ने उदाहरण यो समाजमा प्रस्तुत गरेकी छन् ।

२०५८ सालको पुषमा बाबा अनिल शाक्य र आमा शोभा शाक्यको कोखबाट पोखराको तेर्सापट्टीमा जन्मिएकी श्रेयाको जन्मजात कान नसुन्ने समस्या छ भन्ने कुरा उनका बा आमाले १ वर्ष पछि मात्र थाहा पाए । अनि समाजलाई के चाहिन्थ्यो र श्रेयाको विषयमा तिलको पहाड बनाउन थाले । देउता रिसाएको अनेक अन्धविश्वास परिवारमा थोपरियो । परिवारले १ वर्ष जति सबै देवालय चैत्य, धामी, माता जताततै धाए तर २० को १९ भएन ।

श्रेयाको पोखरामा उपचार हुन सकेन र उनको परिवारले काठ्माण्डौको टिचिङ अस्पतालमा उपचारका लागि लगे । टिचिङ अस्पताल काठमाडौका स्पिच थेरापिस्ट डा. कविराज खनालको सल्लाह–सुझाव र सहयोगमा २०६१ सालमा वत्रा अस्पताल दिल्लीमा श्रेयाको कानमा कक्लिया इम्प्लान्ट (कानभित्रको सुकेको नशामा कृतिम प्लास्टिकका नशा राखी भित्र र बाहिर मेसिन राख्ने) अपरेसन गरी जडान गर्न सफल भएका थिए । मेसिनको मात्र नेपाली १६ लाख लागेको थियो ।

प्रतिक्रिया