गायक विरेन्द्र र गायिका अन्जुको ‘पिरिमको बाढि’ सार्वजनिक

इनेप्लिज २०७६ असार २२ गते १४:०४ मा प्रकाशित

रोशन मेवाहाङ्ग / इनेप्लिज डट कम-

लण्डन, । गीतकार दिपक शर्माको मायालु भावका शव्द रचना ‘पिरिमको बाढि’ बोलको म्युजिक भिडियो लाई एभरेष्ट मोशनले आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

लोकप्रिय गायिका अन्जु पन्त र गायक बिरेन्द्र श्रेष्ठको आवाजमा ‘पिरिमको बाढि’ युट्युब मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र नायिका केकी अधिकारीले अभिनय गरेका छन् ।

दिपक शर्माको शब्द संगीतलाई नगेन्द्र वियोगीको संगीत संयोजनमा सन्तोष राजबहाकले कोरियोग्राफी गरिएको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । ‘आफ्नो मायालु पिरिमलाई अम्रित दिन नसके पनि जीवनभरी पिरिमको बाढि बगाउने बाचा गर्दै आफ्नो अमर प्रेमलाई युग देखि युग सम्म सँगै जिउने इच्छा,चाहना र प्रेम समर्पणलाई यस म्युजिक भिडियोमा मार्मिक शब्द सुमधुर स्वर संगीत, र अभिनय मार्फत राम्ररी प्रस्तुत गरिएको देखिन्छ ।’

प्रतिक्रिया