आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:०१
वासिङटन डिसी 08:16

‘गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका’ ले न्यु-यार्क स्थित कार्यालयमा अमेरिकी स्वतन्त्रता दिबस

इनेप्लिज २०७६ असार २१ गते १०:५४ मा प्रकाशित

‘गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका’ ले न्यु-यार्क स्थित कार्यालयमा अमेरिकी स्वतन्त्रता दिबस जुलाई ४ तारिख को उपलक्ष्यमा साहित्यिक बिचार-बिमर्ष र भेटघाट कार्यक्रम को अायोजना गर्यो। उक्त कार्यक्रमका सम्मानीय-अतिथि क्रमशःगीता खत्री अध्यक्ष , बि.ओ. टि अनेसास केन्द्र र राधेश्याम लेकाली अध्यक्ष ,अनेसास केन्द्र द्वयलाइ स्वागत गर्न पाउदा हर्सित भएकाछौ। साथै, उहाँहरुको उपस्थितिले हामीलाई थप हौसला र प्रोत्साहन प्रदान गरेको छ। फाउण्डेसन का केन्द्रीय सदस्य श्याम कार्कीले उपस्थित सबै महानुभावहरुलाइ स्वागत गर्नुभएको थियो भने अध्यक्ष सोमनाथ घिमीरेले खादा ओढाइ सम्मान गर्नु भएको थियो।

कार्यक्रममा कमला प्रसाइ, अनेसास पुर्व सल्लाहकार तथा कोशाध्यक्ष तथा एन एण्ड जे की अध्यक्ष, भारतीय -अमेरीकन लेखक बेला क्वादीर, फाउण्डेशनका उप-सभापति सुवर्ण लामा, केन्द्रीय सदस्य तथा नेपालि मुभि प्रड्युसर प्रेम पौडेल, फाउण्डेशनकै मानार्थ सदस्यद्वय सान्त रीसाल र सान्त बहादुर मगर, सबिता सीहं सिलवाल पुर्व केन्द्रीय सदस्य नेपाल तरुण दल, रतन लामा अध्यक्ष वर्ल्ड बुद्वीष्ट फेडेरेसन, वाल कवि कविन विक्रम शाह, नेपाली अमेरीकन कलाकार सघं का पुर्व महासचीव अभय ढुङ्गेल, डेमोक्र्याटिक पार्टीका युवा नेता क्रीस्टोफर डेसुज हरुको उपस्थिति थियो।

यस साहित्यिक बिचार-बिमर्ष र भेटघाट कार्यक्रम मा सम्माननीय अतिथी अन्तराष्ट्रीय नेपाली साहित्य समाज का अध्यक्ष राधेश्याम लेखाली ले गीरीजा वावुको ९६अौं जन्मदीन पनी मनाउने अवसर यस फाउण्डेसन ले जुराँइ दिएको मा भाग्यमानी ठानेको भन्दै गीरीजा वावु को एतिहासीक राजनीतिक यात्रा वीराटनगर वाट मजदुर अान्दोलन हुदै नेपाली काग्रेस पार्टी सभापति र देशकै उच्च अोदाह प्रधानमन्त्री, त्यो पनी ४ पटक भएको इतिहास हामी माझ ताजै छ भन्नुभयो। साथै माअोवादीको १० वर्षे द्वन्द लाइ गृय-युद्व वाट वचाएर १२ वुंदे शान्ती समझौंता गरेर देशमा एउटा उधारणीय कार्य गरेको एकमात्र राष्ट्रिय नेता गीरीजा वावु हो र वहाँ जस्तो देशभक्त नेताको अाज पनी खाँचो रहेको उल्लेख गर्नु भयो।अध्यझ लेकाली ले उपस्थित महानुभावहरुलाइ कविता र सायरी सुनाइ मनोरन्जन गराउनु भयो। यसै कार्यक्रममा सम्माननीय अतिथी अन्तराष्ट्रीय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी की अध्यक्ष गीता खत्री ले स्व.गिरिजा प्रसाद कोइराला एक असल देशप्रेमी, विकासप्रेमी र शान्तिप्रिय नेता भएको उल्लेख गर्दै सबैको मन छुने गीत गाएर माहोल तताउनु भएको थीयो। यसै क्रममा गायक अभय ढुङ्गेल ले अाफ्नै गीत गाएर सबैलाइ भावुक बनाउनु भयो। लेखक वेला कादिरले उर्दु सायरी सुनाइ सबैलाइ मनमोहक बनाउदै अाफुले लेखेको पुस्तक वारे प्रष्ट्याउँनु भयो। डेमोक्र्याटिक पार्टीका युवा नेता क्रीस्टोफर डेसुज ले जुलाई ४ कै सम्बन्धित अग्रेंजी गाना “अमेरीका” बजाएर सुनाउनु भएको थियो।

अन्तय मा यसै फाउण्डेसन का अध्यक्ष सोमनाथ घीमीरे ले सबै उपस्थित महानुभावहरु लाइ जुलाइ ४ को शुभकामना दिदै, यस्तो व्यस्तताको वावजुद र छोटो समयको निमन्त्रणा स्वीकारेर उपस्थित भइ कार्यक्रमको शोभा बढाइँ दिनु भएकोमा अाभारी प्रकट गर्दै युगपुरुष प्रणेता स्व. गिरिजा प्रसाद कोइराला मजदुर, किसान, व्यवसायी, शिक्षक, विद्यार्थी, दलित, आदिवासी, जनजाति, सबै वर्ग र समुदायका साझा नेता भएको र वहाँ को सपनालाई पूरा गर्न उहाँले नै दिनु भएको तिनमन्त्र सहमति, सहकार्य र एकताको अझै खाँचो रहेको छ भन्नुभयो। युग पुरुष स्व. गिरिजा प्रसाद कोइरालाको नाममा फाउण्डेशन स्थापित गरेर गिरिजा वावुको योगदानलाई देश-विदेशसम्म चिनाउँदै अघि बढेकोमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष माननिय सुजता कोइरालालाई पनि धन्यवाद प्रकट गर्नु भयो।

 

प्रतिक्रिया